पंच तत्वमा बिलाए शास्त्रीय संगीतका गुरु कामत
१७ साउन,झापा
शास्त्रीय संगीतका गुरु गुरुदेव कामतको निधन भएको छ । सिरहास्थित आफ्नै घरमा आज बिहान ८ बजे ६९ बर्षिय कामनको निधन भएको छोरा समीर कामतले जानकारी गराए । उनी निकै लामो समयदेखि मृगौला रोगबाट पिडित थिए।
कामतको आजै अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ । शास्त्रीय सङ्गीतमा निकै श्रद्धाका साथ लिइने नाम गुरुदेव कामतको दुवै मिर्गौलामा समस्या देखिएको गत चैतमा पत्ता लागेको हो । उपचारका लागि आर्थिक सङ्कटको सामना गर्नुपरेपछि कामत सपरिवार काठमाण्डौबाट केहीदिन अघि मात्र आफ्नो जन्मथलो सिरहाको पोखरभिन्डा फर्किएका हुन् । जन्मथलो फर्किएको केही दिनमै उनको मृत्यू भएको जनाईएको हो।
Comments
Post a Comment