पंच तत्वमा बिलाए शास्त्रीय संगीतका गुरु कामत

 


१७ साउन,झापा


शास्त्रीय संगीतका गुरु गुरुदेव कामतको निधन भएको छ । सिरहास्थित आफ्नै घरमा आज बिहान ८ बजे ६९ बर्षिय कामनको निधन भएको छोरा समीर कामतले जानकारी गराए । उनी निकै लामो समयदेखि मृगौला रोगबाट पिडित थिए।

कामतको आजै अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ ।  शास्त्रीय सङ्गीतमा निकै श्रद्धाका साथ लिइने नाम गुरुदेव कामतको दुवै मिर्गौलामा समस्या देखिएको गत चैतमा पत्ता लागेको हो । उपचारका लागि आर्थिक सङ्कटको सामना गर्नुपरेपछि कामत सपरिवार काठमाण्डौबाट केहीदिन अघि मात्र आफ्नो जन्मथलो सिरहाको पोखरभिन्डा फर्किएका हुन् । जन्मथलो फर्किएको केही दिनमै उनको मृत्यू भएको जनाईएको हो।

Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया