त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना
९ श्रावण,काठमाण्डौं
काठमाण्डौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग रनवेमा जहाज दुर्घटना भएको छ। बुधबार बिहान सौर्य एयरलाइन्सको जहाज काठमाडौंबाट पोखरा उडान भर्ने क्रममा धावन मार्गबाट चिप्लिएपछि दुर्घटनामा परेको हो।
सौर्यको ९ एन-एएमई/सीआरजे २०० कलसाइनको जहाज बुधबार बिहान ११:११ बजे दुर्घटनामा परेको नागरिक उड्डयन प्राधिकरणकले जानकारी गराएको छ भने बिमानका चालक क्याप्टेन मनिष शाह रहेको ह हुन्।
जहाज दुर्घटनामा परेपछि दुर्घटनामा परेको जहाजमा आगो लागेको हो भने अग्निनियन्त्रकले पानी हालेर आगो निभाइरहेका हुन् । जहाजमा १९ जना यात्रु सवार रहेका जनाईएको छ भने बिमान दुर्घटनाको कारण हाल खुल्न नसकेको प्रहरीले जनाएको छ।
क्याप्टेन मनिष शाहलाई उद्धार गरेर अस्पताल लगेको जनाईए पनि जहाजमा सवार यात्रुहरुको अवस्था हाल केही थाहा हुन सकेको छैन ।
Comments
Post a Comment