बाह्रदशीको पैनीमा डुबेर राजबंशीको मृत्यु

 


२४असार,झापा

  झापा बाह्रदशीको पैनीमा डुबेर एकजनाको मृत्यु भएको छ । गएराति  बाह्रदशी गाउँपालिका वडा नम्बर २ राजगढ बस्ने ६५ वर्षीय मोहन राजवंशीको स्थानीय पैनीमा डुबेर मृत्यु भएको हो ।

 डुबेको अबस्थामा राजबंशीलाई फेला पारी स्थानीयले उनको शव पैनीबाट बाहिर निकालेका हुन् । शवनजिकै साईकल समेत फेला परेको हो भने थप अनुसन्धान तथा कानुनी प्रकृया पुरा गरि शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाईएको प्रहरीको भनाई छ ।

Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन