जग्गाको विषयमा बाह्रदशीमा बिबाद एघार जना घाईते

 



१० श्रावण,झापा

जग्गाको विषयमा विवाद हुँदा झापामा ११ जना घाइते भएका छन् । बिहीबार बिहान साढे ११ बजे झापा बाह्रदशी गाउँपालिका-३ स्थित राधानगरमा पर्शुराम साह र रेखानन्द साहबीच जग्गाको विषयमा विवाद भएको हो ।



रेखानन्द साहले खेती जोताउन ट्याक्टर ल्याएको र पर्शुराम साहले रोक्न खोज्दा दुवै पक्षबीच झडप भएको थियो । विवादको क्रममा दुवै पक्ष बाँस, लाठी र घरेलु हतियारसहित झडपमा उत्रिएका हुन् ।




झडपमा परी बाह्रदशी-३ का अजयकुमार शाह, नितानन्द साह, रेखानन्द साह, चाँदनी साह, पद्मादेवी साह, विष्णुप्रसाद साह, महानन्द साह, पर्शुराम साह र उनका छोरा सञ्जीव साह, विवेक साह र मुनाखरी साह घाइते भएका छन् । उनीहरूको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको हो ।


घटनाअनुसार ऐलानी जग्गाको विषयमा दुवै साह परिवारबीच विवाद भइरहेको थियो । दुवै पक्षलाई बिहीबार छलफलका लागि इलाका प्रहरी कार्यालय राजगढमा बोलाइएको थियो । तर, उनीहरू छलफलमा नआई झडपमा उत्रिएको इलाका प्रहरी कार्यालय राजगढका प्रहरी नायव निरीक्षक राजेन्द्र शर्माले जानकारी गराए ।


उनीहरूबीचको जग्गाको विवादलाई धेरै पटक मिलाउन प्रयास गरिएको थियो । तर, विवाद मिलाउन नसकिएको बताउँदै वडाध्यक्ष टङ्क साहले भने, ‘दुवै पक्षबीच झापा जिल्ला अदालतमा सो जग्गा सम्बन्धि मुद्दा चलिरहेको बताएका छन्।’

Comments

Popular posts from this blog

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते