काकरभिट्टाको प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यू

 


१६ साउन,झापा

काकरभिट्टाको प्रहरी हिरासत भित्र रहेका एक थुनुवाको मृत्यु भएको छ । तीन दिनअघि लागू औषधसहित पक्राउ परेका मेचीनगर नगरपालिका-७ निवासी २८ वर्षीय झकबहादुर खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी गराए ।

 इलाका प्रहरी कार्यालय काँकरभिट्टाको हिरासतभित्र रहेका खडका बिरामी परेपछि धुलाबारीको आम्दा अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा सोही अस्पतालमा आज बिहान १ः५५ बजे मृत्यु भएको हो ।

साउन १३ गते बिहान ९ः४५ बजे मेचीनगर नगरपालिका ६ पुरानो मेची पुलमा लागू औषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका खड्कालाई शङ्का लागेर चेकजाँच गर्दा प्लास्टिकले पोका पारेर बायाँ हातको हत्केलामा मुठ्ठी पारी लुकाई राखेको ५ ग्राम ५७० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो।

उनलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उक्त लागू औषध मेचीनगर नगरपालिका ७ का ३० वर्षीय खड्गबहादुर दर्जीले भारतबाट खरिद गरी काँकरभिट्टासम्म पुर्‍याई दिनु भनी पठाएको खुलेको थियो । मे २ प ८५४१ नम्बरको मोटरसाइकलसहित दुवैलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय काँकरभिट्टाको हिरासतमा राखिएकोमा उनको भने मृत्यू भएको प्रहरीले जनाएको हो।

Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन