तयार भयो स्व.डोमालालको शालिक,चाडै स्थापित गरिने




३ श्रावण,बिर्तामोड

बिर्तामोड-३ बिर्ताबजार स्थित डोमालाल राजवंशी रंगशालामा राखिने गरि तयार पारिएको  डोमालाल राजवंशी रंगशालाका जग्गादाता स्व. डोमालाल राजवंशीको शालिक तयार भएको छ। झापा गोल्डकपले भारतको जयपुरबाट सिंगमरमरको अर्द्धकदको शालिक तयार गरी ल्याएको जनाएको हो ।

  सो शालिक बिर्तामोड वडा न.-३ कार्यालयलाई बुझाउने र वडा कार्यालयकै समन्वयमा शालिक स्थापित गरिने झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले बताए साथै नगरपालिका र वडा कार्यालयकै समन्वयमा डोमालालकी छोरीलाई केही दिनपछि घर बनाइदिने अभियान समेत संचालन गरिने  बस्नेतले जानकारी दिए ।

 सम्बधित निकायबाट जग्गा नछुट्याइदिँदा घर निर्माणको काम शुरु गर्न नसकिएको हो बस्नेतले भने । स्व.डोमालाल राजबशीले बिर्ताबजार-३ झापा स्थित रंगशाला लगायतको जग्गा दान गरेका हुन्। 

Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन