बिर्तामोडको कन्काई अस्पतालको क्यान्टिनमा आगलागी,एक घाइते



१६ साउन,बिर्तामोड

बिर्तामोडमा रहेको कन्काई अस्पतालको क्यान्टिनमा आगलागी भएको छ ।आज दिउँसो करिब ४ बजे कन्काई अस्पतालको क्यान्टिनमा  ग्यास सिलिन्डर पड्किएर आगलागी भएको हो ।

 आगलागीबाट सो क्यान्टिनमा कार्यरत बाह्रदशी गाउँपालिका वडा नम्बर-६ बस्ने ४१ वर्षीया सिता धमला घाइते भएकी छन् । उनको दुबै खुट्टामा सामान्य आगोले पोलेर घाइते भएकी धमलाको सोही अस्पतालमा उपचार पश्चात् डिस्चार्ज गरिएको बिर्तामोड प्रहरीले जनाएको छ।

त्यस्तै क्यान्टिनभित्र रहेको एउटा फ्यान,एउटा सिलिन्डर र एउटा र्याक जल्दा अन्दाजी १५ हजार बराबरको क्षति भएको छ भने प्रहरी र सोही अस्पतालका कर्मचारीको सहयोगमा आगो पूर्ण रुपमा नियन्त्रणमा आएको जनाईएको हो।

Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन