बिर्तामोडको कन्काई अस्पतालको क्यान्टिनमा आगलागी,एक घाइते



१६ साउन,बिर्तामोड

बिर्तामोडमा रहेको कन्काई अस्पतालको क्यान्टिनमा आगलागी भएको छ ।आज दिउँसो करिब ४ बजे कन्काई अस्पतालको क्यान्टिनमा  ग्यास सिलिन्डर पड्किएर आगलागी भएको हो ।

 आगलागीबाट सो क्यान्टिनमा कार्यरत बाह्रदशी गाउँपालिका वडा नम्बर-६ बस्ने ४१ वर्षीया सिता धमला घाइते भएकी छन् । उनको दुबै खुट्टामा सामान्य आगोले पोलेर घाइते भएकी धमलाको सोही अस्पतालमा उपचार पश्चात् डिस्चार्ज गरिएको बिर्तामोड प्रहरीले जनाएको छ।

त्यस्तै क्यान्टिनभित्र रहेको एउटा फ्यान,एउटा सिलिन्डर र एउटा र्याक जल्दा अन्दाजी १५ हजार बराबरको क्षति भएको छ भने प्रहरी र सोही अस्पतालका कर्मचारीको सहयोगमा आगो पूर्ण रुपमा नियन्त्रणमा आएको जनाईएको हो।

Comments

Popular posts from this blog

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते