दुई महिना पछि साउदीबाट बिर्तामोड-९ का कँडेलको शव घर आउँदै




४ श्रावण,झापा

बैदेशिक रोजगरीको क्रममा साउदी अरबमा मृत्यू भएका बिर्तामोड-९ टाँगाबारी टोलका उन्ननचालिस  बर्षिय उमेश कँडेलको शव करिब दुई  महिना पछि आज झापा उनको' घरमाआईपुग्ने भएको छ। सउदी अरवको अल लोआङ्ग अल हैदित जेनरल कन्ट्रक्टिङ्ग इस्ड कम्पनीमा कार्यरत कँडेलको हृदयघातका कारण गत जेठ चौध गते सउदी अरबमा मृत्यू भएको कँडेलका पारिवारिक नाता समेत पर्ने छिमेकी यज्ञराज श्रेष्ठले जानकारी गराए। । श्रेष्ठका अनुसार कॅडेलको श्रीमति सहित एकजना तेरह बर्षकी छोरी रहेका छन्।

गत वर्ष पुष बीस गते साउदी गएका उनी एजेन्टले भने जस्तो काम र भनेजति तलब  नदिएको गुनासो घरपरिवारसंग गर्ने गरेको र सो सम्बन्धि एजेन्टलाई गुनासो गर्दा एजेन्टले उल्टै थर्काउने गरेको घर परिवारसंग सुनाउने गरेको हुँदा सोही तनावले गर्दा उनको हृदयघातबाट मृत्यू भएको हुनसक्ने उनका श्रीमति टिकादेबी कँडेलको भनाई रहेको समेत श्रेष्ठले जानकारी दिए। एजेन्टसंग कँडेलको गुनासो भने रहेको हो। शव नेपाल फिर्ता ल्याउन समेत सम्बन्धित एजेन्टलाई पहल गरिदिन आग्रह गर्दा ढिला सुस्ती हुने भए पछि झापाली समाज साउदीको पहलमा कँडेलको शव नेपाल ल्याईएको श्रेष्ठले जानकारी दिए।

कॅडेलको शव शुक्रबार साँझ साउदी अरबबाट चार बजे काठमाण्डौमा आईपुग्ने र सोही दिन काठमाण्डौबाट झापा ल्याई शनिबार पबित्र कन्काई धाममा अन्तिम दाहसंस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ।





Comments

Popular posts from this blog

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते