"पारीको होइन बारीको खाँउ" कार्यक्रमले बिर्तामोडमा सार्थकता पाँउँदै


 - यज्ञराज श्रेष्ठ

६ श्रावण,बिर्तामोड

बिर्तामोड नगरपालिका कृषिशाखाबाट बिगत छ बर्ष अघिबाट सन्चालित मेयर विषादी मुक्त नगर  कार्यक्रमले अब भने सार्थकता पाउने भएको छ । शुरुको बर्ष देखि सो कार्यक्रमबाट बिर्तामोड नगरमा ११७ जना तरकारी उत्पादक कृषकहरु उत्पादन गरेको र यही साउन ७ गतेबाट "पारिको होइन बारीको खाउ" भन्ने नाराको साथ ४ वटा संकलन केन्द्र र ६ वटा बिक्री केन्द्रहरू क्रमश: उदघाटन गरी सन्चालन हुने जनाईएको हो। 

उक्त केन्द्रहरूमा बिर्तामोड नगरमा उत्पादन भएको बिषादी नभएको तरकारीलाई  संकलन र बिक्री गरिने बिर्तामोड नगर कृषि शाखा प्रमुख प्रमुख राजेन्द्र कडरीयाले बताए। बिर्तामोड नगर अर्न्तगतका गरामनी बजार,सैनिक बजार,बुट्टाबारी र चारपानेमा रहने संकलन केन्द्रमा संकलित तरकारीहरू बिर्तामोड कृषिथोक बजारमा रहेको मुख्य सङ्कलन केन्द्रमा जम्मा हुने र अन्य बिक्री केन्द्र र सङ्कलन केन्द्रबाट बिक्री बितरण गरीने गरि केन्द्रहरु संचालन गरिने भएको छ।

  तरकारी उत्पादनमा लागेका  कृषकहरूलाई शुरुको बर्ष देखिनै नगरले  सिँचाइ,टनेल,मल्चिङ्ग,तरकारी बिउ,तालिम र अन्य सामग्रीमा सहयोग गरिरहेको छ भने यस संकलन केन्द्र खोलिए पछि उनीहरुले उत्पादन गरेको तरकारी बिक्रि बितरणमा समेत सहज हुने बताईएको हो।

Comments

Popular posts from this blog

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते