बिर्तामोड-१० वडा कार्यलयमा सेवा लिन आएका एकको मृत्यू
८ श्रावण,झापा
बिर्तामोड-१० वडा कार्यलयमा सेवा लिन आएका एक व्यक्तिको कार्यलय परिसरमै मृत्यू भएको छ।
बिर्तामोड -१० सापडिग्री टोल विकास संस्था बस्ने मनमाया गुरुङ्गको पति धन बहादुर गुरुङ्ग (पाँचथरे बुवा) को गत आइतबार मध्याह्न करिब १२:०५ बजे ९५ वर्षको उमेरमा बिर्तामोड नगरपालिका वडा न.-१० वडा कार्यलयमा सामाजिक सुरक्षा भत्ता बुक नबिकरण गर्न आएको समयमा कार्यलय परिसरमै हृदयघातको कारण मृत्यू भएको १० न. वडा सदस्य पृथ्वी बस्नेतले जानकारी गराए। त्यस पछि उनलाई तत्काल अटोमा राखेर घर लगिएको जनाईएको हो ।
वडा कार्यलयमा राम्रै अवस्थामा गफ गर्दै रहेका गुरुङ्ग कार्यलय परिसरकै अगाडीको घुमाउरो आराम घरमा आराम गर्दै रहेका बेला बेहोस भै मृत्यू भएको बिर्तामोड-१० बिराटपोखर टोल बिकाश संस्थाका पूर्व अध्यक्ष रघुनाथ पाठकले समेत बताए। पाठक सो समयमा वडा कार्यलयमै रहेका हुन्।
मृतक गुरुङ्ग घरबाट परिवारका सदस्यहरुका साथमा वडा कार्यलय आएको जनाईएको हो।
Comments
Post a Comment