बिर्तामोड १० का बिशाल गुरुङ्ग लागु औषध सहित पक्राउ

 



१७ साउन,झापा

 बिर्तामोड-१० का ३४ वर्षीय बिशाल गुरुङ्ग लागु औषध सहित पक्राउ परेका छन् । आज दिउँसो १२ः३० बजे मेचीनगर नगरपालिका वडा नं.-६ पुरानो मेची पुलमा लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदैं गरेकाे प्रदेश.१–०१–०१७ प. ५८६ नम्बरको स्कुटर चालक गुरुङलाई लागूऔषधसहित पक्राउ गरेको हो ।

उनलाई शंका लागेर चेकजाँच गर्दा खैनीको प्याकेटभित्र प्लाष्टिकले पोका पारेर गुरुङ्गले लुकाएर ल्याउँदैं गरेको १ ग्राम ३८० मिलिग्राम ब्राउनसुगर फेला परेको हो ।

 गुरुङ्गलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Comments

Popular posts from this blog

बिर्तामोड-१० बिराटपोखरमा अठार तोला सुन र तीन लाख नगद चोरी

समाजसेवी धुर्ब प्रसाद शिवाकोटीको हृदयघातबाट निधन

कोलाटोली खानेपानीमा विवाद:समिति पुर्नगठनमा असहमति