पत्रकार सटेन्द्र जवेगुलाई फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार

  


२३ साउन,झापा

 पत्रकार सटेन्द्र जवेगुलाई फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार २०८१ प्रदान गरिने भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले विज्ञप्ती जारी गर्दै नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य सटेन्द्र सहित ६ जनालाई सम्मान गर्ने जनाएको हो । फोनिज राष्ट्रिय पत्रकारिता सम्मान २०८१ भने विजयरत्न तुलाधार र पुष्पहरि क्याम्पा राईलाई प्रदान गरिने भएको हो ।

फोनिज मातृभाषा पत्रकारिता सम्मान थारु भाषाको पत्रिका लौव अग्रासनलाई दिइने भएको छ । सटेन्द्रसंगै फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार २०८१ विष्णु तामाङ र खिमा गुरुङलाई प्रदान गरिने फोनिजका कार्यबाहक महासचिव समिर बलामीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । फोनिजले स्थापना दिवसका अवसरमा यी पुरस्कारहरु प्रदान गर्दै आएको हो।

यहि साउन २७ गते स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजना हुने कार्यक्रममा पुरस्कार प्रदान गरिनेछ । फोनिजले यो स्थापनाको २५ वर्ष पुरा गरि २६ वर्ष प्रवेश गरेको अवसरमा रजत बर्ष पनि मनाउँदैछ ।

Comments

Popular posts from this blog

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते

साईराम टोल बिर्तामोड-१० का भिष्म मृत फेला