जुके कल्भर्ट दुर्घटनामा घाईते उमाको पाँच दिन पछि मृत्यू




२३ साउन,झापा

पूर्व पश्चिम राजमार्गस्थित कनकाई नगरपालिका-१ जुके कल्भर्टमा बाटो काट्ने क्रममा मोटरसाईकलको ठक्करबाट घाईते भएकी एक महिलाको उपचारका क्रममा  आज मंगलवार दिउसो बिर्तासिटी अस्पतालमा पाँच दिन पछि मृत्यु भएको छ ।  जुकेकल्भर्टमा बाटो काटने क्रममा गत बिहीवार विहान साढे ९ बजे  को ३८ प ५३६८ नम्बरको मोटरसाईकले स्थानीय ४१ बर्षिय उमा चापागाई घाईते हुनुभएको हो । पाँच दिन पछि घाईते चापागाईको उपचारका क्रममा बिर्तासिटी अस्पताल बिर्तामोडमा मंगलवार दिउसो साढे ३ बजे निधन भएको प्रहरीले जनाएको छ ।

 ठक्कर दिने चालक र मोटरसाईकललाई प्रहरीले नियन्त्रणमा लिएको छ भने मृतक  उमा कनकाई नगरपालिका अगाडि एक होटलमा सहयोगीका रुपमा कार्य गर्दै आउनु भएको थियो । उमाको श्रीमानले समेत ३ बर्ष पहिले आत्महत्या गरेका र  उनको एक २२ बर्षिय छोरा रहेको स्थानीय लेखनाथ कोइरालाले जानकारी गराए। 

  मृतक चापागाईको शवलाई पोस्टमार्टम तथा आवश्यक प्रकृयाका  लागि अञ्चल अस्पताल भद्रपुर लगिएको प्रहरीले जनाएको छ ।

Comments

Popular posts from this blog

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते

साईराम टोल बिर्तामोड-१० का भिष्म मृत फेला