बिर्तामोडमा ताजा तरकारी बिक्रि गर्छ"पारिको होइन बारीको खाँउ"ले

 


 - यज्ञराज श्रेष्ठ

१९ श्रावण,बिर्तामोड

बिर्तामोड नगरपालिका कृषिशाखाबाट बिगत छ बर्ष अघिबाट सन्चालित मेयर विषादी मुक्त नगर  कार्यक्रमले अब भने सार्थकता पाउने भएको छ । शुरुको बर्ष देखि सो कार्यक्रमबाट बिर्तामोड नगरमा ११७ जना तरकारी उत्पादक कृषकहरु उत्पादन गरेको र यही साउन ७ गतेबाट "पारिको होइन बारीको खाउ" भन्ने नाराको साथ ४ वटा संकलन केन्द्र र ६ वटा बिक्री केन्द्रहरू क्रमश: उदघाटन गरी ताजा तरकारी बिक्रि केन्द्र सन्चालन हुने जनाईएको हो। 

उक्त केन्द्रहरूमा बिर्तामोड नगरमा उत्पादन भएको बिषादी नभएको ताजा तरकारीलाई  संकलन र बिक्री गरिने बिर्तामोड नगर कृषि शाखा प्रमुख प्रमुख राजेन्द्र कडरीयाले बताए। बिर्तामोड नगर अर्न्तगतका गरामनी बजार,सैनिक बजार,बुट्टाबारी र चारपानेमा रहने संकलन केन्द्रमा संकलित तरकारीहरू बिर्तामोड कृषिथोक बजारमा रहेको मुख्य सङ्कलन केन्द्रमा जम्मा हुने र अन्य बिक्री केन्द्र र सङ्कलन केन्द्रबाट बिक्री बितरण गरिने गरि केन्द्रहरु संचालन गरिने भएको हो।

  तरकारी उत्पादनमा लागेका  कृषकहरूलाई शुरुको बर्ष देखिनै नगरले  सिँचाइ,टनेल,मल्चिङ्ग,तरकारी बिउ,तालिम र अन्य सामग्रीमा सहयोग गरिरहेको छ भने यस संकलन केन्द्र खोलिए पछि उनीहरुले उत्पादन गरेको ताजा र विषादी रहित तरकारी बिक्रि बितरणमा समेत सहज हुन जाने बताईएको छ।

Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया