बिर्तामोडमा ताजा तरकारी बिक्रि गर्छ"पारिको होइन बारीको खाँउ"ले
- यज्ञराज श्रेष्ठ
१९ श्रावण,बिर्तामोड
बिर्तामोड नगरपालिका कृषिशाखाबाट बिगत छ बर्ष अघिबाट सन्चालित मेयर विषादी मुक्त नगर कार्यक्रमले अब भने सार्थकता पाउने भएको छ । शुरुको बर्ष देखि सो कार्यक्रमबाट बिर्तामोड नगरमा ११७ जना तरकारी उत्पादक कृषकहरु उत्पादन गरेको र यही साउन ७ गतेबाट "पारिको होइन बारीको खाउ" भन्ने नाराको साथ ४ वटा संकलन केन्द्र र ६ वटा बिक्री केन्द्रहरू क्रमश: उदघाटन गरी ताजा तरकारी बिक्रि केन्द्र सन्चालन हुने जनाईएको हो।
उक्त केन्द्रहरूमा बिर्तामोड नगरमा उत्पादन भएको बिषादी नभएको ताजा तरकारीलाई संकलन र बिक्री गरिने बिर्तामोड नगर कृषि शाखा प्रमुख प्रमुख राजेन्द्र कडरीयाले बताए। बिर्तामोड नगर अर्न्तगतका गरामनी बजार,सैनिक बजार,बुट्टाबारी र चारपानेमा रहने संकलन केन्द्रमा संकलित तरकारीहरू बिर्तामोड कृषिथोक बजारमा रहेको मुख्य सङ्कलन केन्द्रमा जम्मा हुने र अन्य बिक्री केन्द्र र सङ्कलन केन्द्रबाट बिक्री बितरण गरिने गरि केन्द्रहरु संचालन गरिने भएको हो।
तरकारी उत्पादनमा लागेका कृषकहरूलाई शुरुको बर्ष देखिनै नगरले सिँचाइ,टनेल,मल्चिङ्ग,तरकारी बिउ,तालिम र अन्य सामग्रीमा सहयोग गरिरहेको छ भने यस संकलन केन्द्र खोलिए पछि उनीहरुले उत्पादन गरेको ताजा र विषादी रहित तरकारी बिक्रि बितरणमा समेत सहज हुन जाने बताईएको छ।
Comments
Post a Comment