वडा अध्यनद्वारा बिराटपोखरीको बारेमा चिन्ता ब्यक्त

 



बिर्तामोड-३ का वडा अध्यक्ष मदन कुमार बढाथोकीले बिराटपोखरीको बारेमा चिन्ता व्यक्त गर्नु भएको छ। एक संक्षिप्त भेटमा वडा अध्यक्ष बुढाथोकीले आफ्नै कार्यकालमा बिराटपोखरीको यथेष्ट बिकाश भएको हेर्न चाहेको बताउनु भएको हो। वडा अध्यक्ष निर्बाचित भएपछि धार्मिक  एतिहासिक तथा प्राचीन बिराटपोखरीलाई कसरी यस पोखरीको अस्तित्वलाई कायम राख्दै आधुनिक पर्यटकिय क्षेत्रको रूपमा बिकाश गर्ने भन्ने चिन्ताले आफूलाई सताउने गरेको बताउनु भएको हो।

अहिले पोखरीमा घेराबारा गरिएको छ। पहिले घेराबारा थिएन । पोखरी घुम्न आउने पर्यटकको लागि पिङ्गको ब्यबस्था गरिएको छ अथवा पोखरीको पश्चिम किनारामा तीनवटा फलामे पिङ्ग निर्माण भै संचालनमा आएको छ। यसै पिङ्गमा पोखरी घुम्न आउनेहरु पिङ्ग खेलेर अथवा फोटो खिचाएर आनन्द लिन्छन्। यो पिङ्गको निर्माण कार्यमा वडा अध्यक्ष बुढाथोकीको मुख्य भूमिका रहेको बिराट सरोबर बहुउद्देश्यीय बिकाश समितिका अध्यक्ष इन्द्र प्रसाईले बताए।
वडा अध्यक्ष बुढाथोकीले आफूले बिर्तामोड नगरपालिकाका इन्जिनियर प्रभाष थापा लगायतसँग सरसल्लाहा गरेर भौतिक योजनाहरु तय गर्ने गरेको बताउनु भयो यसो गर्नाले भौतिक निर्माण प्राबिधिक पक्षमा बलियो र आकर्षक रहने बताएका हुन्।

पोखरीको भित्रि घेराबारा गरेर यसै वर्ष सम्पन्न भएको छ। यस कार्यक्रम अन्तर्गत पोखरीको भित्रि भागलाई सुरक्षित तरिकाले फलामे ग्रील लगाई पेर्भस समेत बिच्छयाई भित्रि भागमा पर्यटकलाई हिडडुल गर्न सजिलो बनाईएको हो। पोखरीको बाहिरी घेराबारा र भित्रि घेराबारा प्रदेश सरकारको बजेटबाट सम्पन्न भएको समितिले जनाएको हो जे होस् वडा अध्यक्ष बुढाथोडीकै कार्यकालमा पोखरीको बाहिरी तथा भित्रि घेराबाराले पूर्णता पाएको छ।

बृक्षारोपण तथा पोखरी सरसफाई तर्फ वडा अध्यक्ष बढाथोकीको महत्वपूर्ण पहलमा पोखरी भित्र बिभिन्न प्रजातिका फलफूल तथा अन्य बृक्षहरु रोपिएका हुन्। वडा अध्यक्षको बिर्तामोड-३ लाई हरियाली वडा निर्माण गर्ने कार्यमा अन्य संघ संस्था तथा व्यक्तिको सहयोगमा यो कार्य सम्भव भएको बताईन्छ।

हालसालै




 

Comments

Popular posts from this blog

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते

साईराम टोल बिर्तामोड-१० का भिष्म मृत फेला