नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना,पाँच जनाको मृत्यू

  


२३ साउन,काठमाण्डौं

नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना भएको छ ।शिवपुरी-७ सूर्यचौर डाँडामा हेलिकप्टर ठोक्किएको नुवाकोटका एसपी शान्तिराज कोइरालाले जानकारी गराए । दुर्घटनामा ५ जनाको मृत्यु भएको जनाईएको हो ।

बुधबार १:५४ बजे काठमाडौँबाट रसुवा स्याफ्रुबेशीका लागि उडेको एयर डाइनेस्टीको ९ एन एजेडी हेलिकप्टर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी तिलक भारतीले घटनास्थलमा प्रहरी पुगिसकेको जानकारी गराए ।

दुर्घटनाग्रस्त हेलिकोप्टरमा सवार यात्रुहरु हेलिकप्टर चालक क्याप्टेन अरुण मल्ल,चिनियाँ पर्यटकहरु जुदाड टाङ,जी लि ,जेमिङ सी,यियाद वु रहेको जनाईएको हो भने घटनाबारे थप विवरण आउन बाँकी छ ।

Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया