Posts

Showing posts from September, 2024

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

Image
  अनिष न्यौपाने फाईल तस्बिर १४ असोज,बिर्तामोड झापाको बिर्तामोड– १० ठुटेबरमा भएको मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।  गएराति अन्दाजी ८ः३० बजे बिर्तामोड– १० ठुटेबरमा बिर्ताबजारबाट सैनिकबजारतर्फ जाँदै गरेको प्र१–०१–०१२ प ५८९१ नम्बरको मोटरसाइकलले बिपरित दिशाबाट आउँदै गरेका साइकलयात्रीलाई जोगाउने क्रममा आफै अनियन्त्रित भई पल्टिएको हो । सो क्रममा दुर्घटनामा मोटरसाइकल चालक बिर्तामोड– १० शिवालय चोक बस्ने २७ वर्षीय अनिष न्यौपाने गंभीर घाइते भएका थिए । टाउको र दुबै खुट्टमा चोट लागेका  अबस्थाका न्यौपानेलाई उपचारका लागि बीएण्डसी हस्पिटल लगिएकोमा उपचारका क्रममा आज दिउँसो २ बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । मोटरसाइकलमा पछाडी सवार बिर्तामोड-१० सोही ठाउँका  अन्दाजी बर्ष ३८ का टिकाराम राय घाइते भएका छन् । सामान्य अबस्थाका उनको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ भने मोटरसाइकल अस्थायी प्रहरी चौकी सैनिकबजारको नियन्त्रणमा रहेको छ ।

अत्यधिक बर्षातले बृहस्पतिको साग बेचेर दशैं मनाउने सपना झवाम

Image
१४ असोज,बिर्तामोड बिर्तामोड-९ बद्रीबारीका बृहस्पति सेढाईको रायो र तोरीको साग बेचेर दशैं मनाउने सपना चकनाचुर भएको छ। चार दिन परेको अबिरल बर्षातले उनको तरकारी बालीमा पूर्ण रूपमा क्षति पुगेको हो।  सेढाईको चारकठ्ठा जमिनमा लगाईएको बिक्रि गर्न ठिक्क पारेको तोरीको साग र चार वटा टनेलमा लगाएको रायोको साग अत्यधिक बर्षातले बिग्रिएको छ। सेढाईको भनाई अनुसार चालिस देखि पचास हजार सम्मको रायो र तोरीको साग बिग्रिएको उनले बताए। बिगत केही बर्षदेखि उनले चाडपर्ब लक्षित तरकारी खेतीबाट चाडपर्व खर्च चलाउँदै आएको बताए। विशेष गरि दशैंमा उनी साग बिक्रि  गर्न रुचाउछन् । सोही अनुरूप यस बर्षपनि उनले दशैं लक्षित साग खेती गरेकोमा बिक्रि गर्ने समयमा परेको अत्यधिक बर्षातले उनलाई नोक्सान पुगेको हो। यसको साथसाथै उनले राखेको अन्य तरकारीको बेर्ना समेत पानीले बिगारिदिएको सेढाईले बताए। अत्यधिक रूपमा परेको अविरल वर्षाका कारण राजधानी उपत्यकालगायत देशभरमा ३ हजार ४ सय निजी घरहरूमा समेत क्षति पुगेको छ। त्यस्तै,सरकारी भवनहरू ३ सयको हाराहारीमा क्षतिग्रस्त भएको विवरण सार्वजनिक भएका छन्। आइतबार रातिसम्म प्राप्त विवरणअनुसार क...

बिर्तामोड-९ मा आएको कल्भर्टको बाढीले बाईक बगायो

Image
  ११ असोज,बिर्तामोड बिर्तामोड-९ बिराटपोखरदेखि कोलाटोली जाने बाटोको कल्भर्टमा आएको बाढीले बिर्तामोड -९ कोलाटोली निबासी रण बहादुर बस्नेतको मे.४ प ३४१४ न.को सुपर स्पेलेन्डर बाईक सहित उनलाई बगाएकोमा बस्नेत केही क्षण पछि पौडिएर निस्किएका उनका परिवारिक श्रोतले जनाएको छ भने बाईक भने हराईरहेको जनाइएको छ। बाईक आज दिउसो बगाएको हो। गत बुधबार बेलुकादेखि झापा  लगायत देशको बिभिन्न भागमा अबिरल बर्षा भैरहेको छ भने बर्षाले ठाउँ ठाउँमा बाढी आईरहेको छ। यसै बिच जल तथा मौसम बिमागलेअसोज ११ बिहान ९:३० बजे पछिल्लो ३ घण्टामा झापा जिल्लाको गौरादह,चण्द्रगढी,केचना,अनारमनी बिरता,इलाम जिल्लाको कन्काई मैनाचुली वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएको,सो क्षेत्र भई बहने कन्काई,मेची,विरिङ,निन्दा र अन्य स-साना खोलाहरुमा आकस्मिक बाढीको तथा होचो भू-भागमा डुवानको जोखिम रहेकोले सतर्कता अपनाई राख्न सचेतना समेत जारी गरेको छ। 

श्रीलंकाको तेश्रो महिला पिएम बनिन हरिनी अमरसूर्या

Image
  ९ ९ असोज,झापा  चौवन्न बर्षकी अमरासूर्या प्रोफेसर हुन् । उनले सामाजिक मानब शास्त्रमा डक्टरेट गरेकि छिन् भने श्रीलंकाका राष्ट्रपति दिशानायकेले उनलाई प्रधानमन्त्रीमा नियुत्त गरेका हुन् ।

कुलतमा फस्दै बिर्तामोडका सडक बालक

Image
  ६ असोज,बिर्तामोड बिर्तामोडका यी सडक बालक लगायत अन्य उनका दुई तीन जना साथीहरु डेन्डराईड सुँघने नराम्रो कुलतमा फसेको पाईएको हो। डेन्डराईटले यिनिहरुको स्वास्थ्यमा गम्भिर असर परिसकेको भान हुन्छ । यी कलिला नानीहरु जसका छोराछोरी भएपनि कुलतबाट बचाऔं ।  

धानको अग्रिम अनुमान गर्दै किसान,यस बर्ष राम्रै फल्ने

Image
  ६ असोज,झापा तस्बिर:सर्जु "संसार" असार श्रावणमा रोपेको धान फल्नै लागेको छ। खासगरि अगौटे धान पोषाउँदै गरेको अवस्था छ। जोसुकै किसानले पनि आफ्नो अन्नबाली राम्रो होस् भन्ने चाहान्छन् । फलस्वरूप धानको उत्पादन यस बर्ष राम्रो हुनेमा झापाका किसान उत्साहित देखिएका छन्।

लाइफलाईनले दिने भयो आदिबासी जनजाति दृष्टिबिहिनलाई उपचारमा छुट

Image
  २ असोज,झापा आदिबासी जनजाति नेत्रहिन संघ झापाको तेश्रो साधारण सभा तथा चौधौं महान स्थापना दिवशको अवसरमा लाईफ लाईन अस्पताल प्रा.लि.दमक-५ झापासंग बिभिन्न संझौतामा हस्ताक्षर भएको छ। लाईफ लाईन अस्पताल प्रा.लि.का तर्फबाट प्रशासकिय अधिकृत प्रेम कुमार गिरी र संघका अध्यक्ष भोजकुमार तामाङ्गद्वारा हस्ताक्षरित सम्झौता पत्र कार्यक्रममा बाचन गरेर सार्बजानिक गरिएको हो। संझौता अनुसार आदिबासी जनजाति नेत्रहिन संघका सदस्यहरुलाई सिफारिस वा परिचयपत्रको आधारमा उपचारमा तीस प्रतिशत छुट, समन्वयको आधारमा संघसंग मिलेर बर्षको एकपटक  निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने,लाईफलाईन अस्पतालका कर्मचारीहरुले आदिबासी जनजाति नेत्रहिन संघले स्थापना गरेको झापाली आदिबासी जनजाति नेत्रहिन साहारा छात्रबृत्ति अक्षयकोषमा स्वेच्छिक रुपमा दैनिक एक रुपिया अभियानमा सामेल हुने,नि:शुल्क स्वास्थ्य शिविरको प्रचार प्रसार दुबै पक्षले गर्नेजस्ता सम्झौता पत्रमा उल्लेख गरिएका  छन्। आदिबासी जनजाति नेत्रहिन संघ झापाका अध्यक्ष भोजकुमार तामाङ्गको अध्यक्षता तथा शिवसताक्षी नगरपालिकाका उप प्रमुख नरमाया कार्कीको प्रमुख ...

स्व.भद्रबीर तामाङ्गको नाममा मन्दिर र गुम्बालाई सहयोग

Image
  ३१ भदौ,बिर्तामोड बिर्तामोड-९ कञ्चनटोल निबासी स्व.  भद्रबीर तामाङ्गको नाममा मृत्यू भएको उन्न्चासौं दिनमा स्थानिय गुम्बा र मन्दिरलाई सहयोग गरिएको छ। तामाङ्गको मृत्यू भएको अन्तिम उन्न्चासौ दिनको सुद्धाई कार्यको अवसर पारेर परिवारजनबाट मन्दिर र गुम्बालाई आर्थिक राहत प्रदान गरेर सहयोग गरिएको जनाईएको हो। स्व. तामाङ्गको गत असार चौध गते सरसठी बर्षको उमेरमा निधन भएको हो।  सहयोग स्वरूप बिर्तामोड-९ स्थित गरमकाली मन्दिरलाई नगद रु. दश हजार र  नेखाङ्ग छोइलिङ्ग गुम्बालाई रु.बीस हजार प्रदान गरिएको छिमेकी यज्ञराज श्रेष्ठले जानकारी गराए। सो रकम मन्दिर समितिका सचिव प्रेम कुमार खरेल र गुम्बा समितिका सचिव लक्ष्मी प्रसाद मोत्तानलाई परिवारजनले हस्तान्तरण गरेका हुन्। स्व. तामाङ्गको श्रीमति कालीमाया तामाङ्ग, छोरा बुहारीहरु जीतेन र जुनामाया,बिवेक र सिकुम रहेका छन्।  

पुष्पकमल दाहाल (प्रचण्ड) झापामा,आज कार्यक्रम

Image
   ३० भदौ, बिर्तामोड आज सिटि सेन्टर बिर्तामोडको कार्यक्रमलाई सम्बोधन गर्न तथा पार्टी प्रबेश कार्यक्रमलाई सफल बनाउन पूर्व प्रधानमन्त्री तथा नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमलदाहाल प्रचण्ड हिजो साझैं झापाको बिर्तामोड आईगेको जनाईएको हो।

प्रसाद खाएको कारण पचास बढी बिमारी

Image
  २७ भदौ,बिर्तामोड गत मंगलबार अर्जुनधारा-९ खरबन्दी झापामा निरौला थरको एक घरमा पूजाको प्रसाद खाँदा पचास बढी बिमारी भएका छन्। अधिकांशलाई पखाला लाग्ने,बान्ता हुने, ज्वरो आउने  लगायतका समस्या देखिएको जनाईएको हो।  बिमारी सबैजनाको झपाको बिभिन्न अस्पतालमा उपचार भैरहेको जनाईएको छ।

रोप्ने कि नरोप्ने त इस्कुस ?

Image
   २७ भदौ,बिर्तामोड इस्कुसको फल मुन्टा र जरा खान सकिन्छ। ५००-१५०० मिटर उचाई भएको तथा मध्यम बर्षा हुने ठाउँमा यसको खेती राम्रो हुन्छ। तुषारो नर्पने ठाँउमा माघ भन्दा अगाडी पनि खेती गर्न सकिन्छ। तराईमा यसको खेती गर्न यहि सिजन उपयुक्त ठानिएको छ।

बिर्तामोड खानेपानीको प्लान्ट बिराटपोखरीमा (तस्बिर)

Image
२७ भदौ,बिर्तामोड बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाईले बिर्तामोड-३ बिराटपोखरी बिराट भरत बिश्रान्ति परिसर उत्तर तर्फ शाखा प्लान्ट राखेको हो।

बिर्तामोडको सोमबारेमा हुने फूटबलको तयारी अन्तिम चरणमा

Image
  झापाको बिर्तामोड-२ सोमबारेमा हुने फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । खेलमैदानमा आयोजित पत्रकार भेटघाट कार्यक्रमका बीच प्रतियोगिताबारे जानकारी दिइएको साथै  प्रतियोगिता सोमबारे योङ स्टार फुटबल क्लबले आयोजना गर्न लागेको हो । जिल्लास्तरीय ‘सोमबारे फुटबल प्रतियोगिता’ यही असोज ७ गतेदेखि १३ गतेसम्म आयोजना हुने आयोजक संस्थाका अध्यक्ष उमेश राईले जानकारी दिए । खेल क्षेत्रको प्रवर्धन र सामाजिक क्षेत्रअन्तर्गत सोमबारे क्षेत्रमा पर्ने करिब १८०० मिटर सडकमा रहेको बिजुली पोलहरुमा सडकबत्ती जडान गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्षले राईले बताए । अनुमानित ६ लाख रुपैयाँ खर्च हुने प्रतियोगिताको लागि ४ लाख रकम सहयोगस्वरुप प्राप्त भइसकेको र बाँकी रकम पनि उठ्ने क्रममा रहेको आयोजकले जनाएको छ । सोमबारे क्षेत्रमा बसोबास गर्ने हाल वैदेशिक रोजगारीमा रहेका युवाहरुले पठाएको आर्थिक सहयोगले प्रतियोगिता सुरु हुन लागेको अध्यक्ष राईले बताए । प्रतियोगिताको लागि १२ वटा फुटबल क्लबले नाम दर्ता गरिसकेको क्लबका सचिव माधव खरेलले जानकारी दिए । उनका अनुसार आयोजक, शनिश्चरे, राजगढ,...

योगदान राष्ट्रको लागि झापाको जानकारी

Image
योगदान राष्ट्रको लागि केन्द्रिय समितिको साधारण सभा आसोज ५ र ६ गते काठमाडौमा हुने भएकोले झापा जिल्लाभर सदस्यता लिने नबिकरण गर्ने र डाटा पठाउनु पर्ने भएकोले सदस्यता लिने र नबिकरण गर्ने कार्य ३ दिनलाई थप गरिएको सूचित गरिन्छ  ।  आजको मिति सम्म झापाबाट आजीबन सदस्य लिने  सदस्यज्युहरु यस प्रकार छन् । १. प्रदीप कुमार संग्रौला २. चेतना निरौला  ३. अनिता कार्की बिष्ट ४. यसोदा भट्टराई  ५. यमि रिजाल शर्मा ( यमुना )  ६. सीता कुँवर उप्रेती  ७. जीवन चौलागाईं  ८. यमुना आचार्य  ९. मातृका लम्साल  साधारण सदस्य लिनेहरु यस प्रकार छन् । १. डिल्लीराम पोख्रेल  २. कंचनबिन्दु थापा  ३. सीता संग्रौला ४. राजेश आचार्य  ५. अर्जुन कुमार श्रेष्ठ ६. प्रमीयस खड्का  ७. ओमभक्त सेढाई  ८. गङा बराल  ९. रमा पराजुली  १०. मन्दिरा घिमिरे  ११. गोमा निरौला रिजाल  १२. आकन्क्षिया गौतम  १३. राजकुमार पौडेल  १४. सजु बुढाथोकी  १५. अम्बिका प्रसाईं  १६. उर्मिला पौडेल संग्रौला  १७. प्रतीमा सापकोटा  १८. बिमला बिस्वकर्मा...

अखंड पूजा सहित बिर्तामोड-१० शिवालयमा मनाईयो तीज

Image
  २१ भदौ,बिर्तामोड भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी बिर्तामोड-१० को त्रिपुरेश्वर शिवालय मन्दिरमा भव्यताको साथमा मनाईएको छ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेवलाई पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता रहेको हो। वरदानविपरीत पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाएका थिए। पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रूपमा प्राप्त गरिन् । यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका तिजको व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत छ। यस दिन गीत संगीत लगायत बिभिन्न कार्यक्रमहरुको समेत आयोजना गरिन्छ। यसै अवसरमा  बिर्तामोड-१...

बिराटपोखरीमा तीजको रौनक,नृत्यमा प्रथम भईन् नम्रता

Image
  २१ भदौ,बिर्तामोड बिर्तामोड-३ बिराटपोखरीमा धुमधामका साथ हरितालिका तीज मनाईयो। यस दिन महिलाहरुले आफ्नो पतिको लामो आयुको कामना गर्दै बिहान शुद्ध भएर भगवान महादेबको पूजा आजा गरि दिनभर पानी पनि नखाई निराहार ब्रत बस्ने परम्परा छ । बिहानै देखि बिराटपोखरीको वरिपरिका मन्दिर लगायत अन्य मन्दिरहरुमा ब्रतालु र श्रद्धालु महिलाहरुको भिडभाड देखिएको हो। भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेवलाई पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ। वरदानविपरीत पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाएका थिए। पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका ...

बिराटपोखरीमा तीजमा सामुहिक र एकल नृत्य प्रतियोगिता हुने

Image
  बिराटपोखरीको शिव मन्दिर १९ भदौ,बिर्तामोड बिर्तामोड नगरपालिक वडा न.-३ स्थित धार्मिक तथा एतिहासिक पर्यटकिय स्थल बिराटपोखरीमा आगामी भदौ २१ गते हरितालिका तीजको अवसर पारेर शुक्रबार मनोरन्जनात्मक नृत्य प्रतियोगिताको कार्यक्रम गरिने आयोजक बिराट सरोबर बहुउदेश्यीय बिकाश समितिले जानकारी गराएको छ। प्रतियोगितामा महिलातर्फ सामुहिक नृत्य प्रतियोगिता र एकल नृत्य प्रतियोगिता गरि दुई बिधामा प्रतिस्पर्धीलाई पुरस्कृत गर्न लागिएको हो भने कार्यक्रम एतिहासिक बिराटपोखरीमा हुने आयोजकले जनाएको छ। कार्यक्रममा प्रत्येक बिधामा प्रथम हुनेले रु. पच्चिस सय,द्वित्तिय हुनेले रु.दुई हजार,तृत्तिय हुनेले रु.पन्ध्र सय र सान्त्वना स्वरूप रू.एक हजार पुरस्कार प्रदान गरिने आयोजकका तर्फबाट सचिव जगनाथ भट्टराईले जानकारी गराए। तीज विशेष कार्यक्रम मनोरन्जनका साथै संस्कृति जोगाउन स्थानिय स्तरमा गर्न लागिएको समेत उनको भनाई छ।  त्यसै गरि सहसचिव अर्जुन उप्रेतीले हरितालिका तीजलाई हर्षोल्लासका साथ मनाउन त्यस दिन सबैजनालाई एतिहासिक बिराटपोखरीमा उपस्थित हुन आग्रह गर्दै प्रतियोगितात्मक नृत्यको साथसाथै बीच बीचमा प्रश्नोतर लगायत अ...

बिर्तामोड-१० बिराटपोखरको एक घरबाट आठ तोला सुन चोरी

Image
१८ भदौ,झापा बिर्तामोड-१० बिराटपोखरको तारानाथ चोकको एक घरमा गएराती चोरी भएको छ। त्यहाँ स्थित सूर्य प्रसाईको घरमा चोरी भएको हो। घरमा कोही नभएको मौका पारी ताला लगाई राखिएको घरमा राती चोरले सुनका गहना लगायत चोरी गरेको जनाईएको छ । गत आईतबार बेलुकी प्रसाई दम्पति बुबाको मूख हेर्न भनि घरमा ताला लगाई ससुराली,माईत घर दमक गएको र मंगलबार बिहान मात्र फर्किएका हुन् । फर्कने बित्तिकै हेर्दा घरको मूल ढोकाको गेटको ताला फुटेको देखेर चोर पसेको आशंका गरेको र साच्चै भित्र गएर हेर्दा पहिलो र  दोश्रो तलाको दराज पलङ्गको बक्सा चोरले फुटाएको पाईएको हो सो मध्ये माथिल्लो तलाको दराजमा राखेको गरगहना र नगद चोरी भएको प्रसाईले बताए। चोरले करिब आठ तोला सुन,छ तोला चाँदी र चालिस हजार नगद लगेको प्रसाई दम्पतिले जानकारी गराए भने त्यसपछि अस्थाई प्रहरी चौकी सैनिक बजारमा जानकारी गराई त्यहाबाँट प्रसनि नरोत्तम थापाको कमाण्डमा प्रहरी र इप्रका बिर्तामोडबाट समेत प्रहरी आई चोरीको जाँचबुझ र मुचुल्का लैजाने कार्य भएको हो । इप्रका अनारमनीमा प्रसाईले चोर पत्ता लगाई धनमाल फिर्ता गराई पाँउ भनि निबेदन दिएको छिमेकी भोला पाण्डेले बत...

संचारकर्मी घिमिरेले पाए नवराज शंकर यूवा प्रतिभा सम्मान

Image
   १६ भदौ,झापा नवराज शंकर स्मृति युवा प्रतिभा सम्मान–२०८१ बाट झापाका युवा पत्रकार चिरञ्जीवी घिमिरे सम्मानित भएका छन्। नवराज शंकर प्रतिष्ठानले आइतबार इलाम सदरमुकाममा एक कार्यक्रमको आयोजना गरी घिमिरेलाई नगद रुकम रु. पाँचहजार सहित सम्मान गरेको हो। उनलाई राष्ट्रिय सभाका पूर्वसदस्य खेम नेपाली,जिल्ला समन्वय समिति इलाम प्रमुख जयप्रकाश राई लगायतले दोसल्ला ओढाई चेक र सम्मानपत्रले सम्मान गरे। एक दशकदेखि पत्रकारितामा क्रियाशील घिमिरेलाई सीमान्तकृत वर्ग समुदायको पक्षमा कलम चलाएकोमा पुरस्कृत गरिएको जनाईएको हो । उनी मोफसल लगायत राजधानी बाट प्रकाशित हुने नयाँ पत्रिका दैनिकमा आवद्ध छन् । राजनीति र सामाजिक क्षेत्रमा क्रियाशील शंकरको ३७औँ जन्मजयन्तीको अवसरमा नवराज शंकर प्रतिष्ठानले हरेक वर्ष एकजना युवालाई सम्मान गर्दै आएको छ। राजनीतिक तथा दर्जनौँ सामाजिक क्षेत्रमा क्रियाशील रहेका शंकरको कोरोना महामारी (कोभिड -९) का कारण २०७८ जेठ २ गते निधन भएको थियो। उनकै स्मृतिमा प्रतिष्ठान स्थापना गरिएको हो । यसैबीच, शंकरको जीवनीमा आधारित डकुमेन्ट्री फिल्म ‘चम्किरहेको तारा नवराज शंकर’ प्रदर्शन गरिएको छ । प्रत...

बिराटपोखरमा एक कार्यक्रममा सात कृतन मण्डली सम्मानित

Image
    १६ भदौ,झापा बिर्तामोड-१० बिराटपोखरको एक कृतन मण्डलीले एउटा कार्यक्रमको आयोजना गरि सातवटा कृतन मण्डलीलाई एकै साथ सम्मान गरेको छ। त्यहाँ  स्थित मनकामना काली मन्दिर तथा सत्संघ भवन समिति अन्तर्गतको मनकामना काली कृतन मण्डलीले उक्त सम्मान कार्यक्रम गरेको हो। गत शनिबार दिवा सत्रमा मण्डलीका महिला दिदि बहिनीहरुलाई दर खुवाई मनोरन्जन र नृत्य प्रतियोगिता समेत गराई साँझ छिमेकी कृतन मण्डलीहरुलाई सम्मान गरिएको आयोजक मण्डलीले जानकारी गराएको हो। मण्डलीले श्रावण महिना भरि बिर्तामोड-१० स्थित बिराटपोखरको मनकामना काली मन्दिरमा दैनिक भजन कृतनको आयोजना गरेको र उक्त कार्यक्रममा सहयोग गर्ने छिमेकी कृतन मण्डलीहरु नवदुर्गा कृतन मण्डली बिर्तामोड-१० बिराटपोखर,बिराट ज्योर्तिलिङ्ग समाबेशी कृतन मण्डली  बिर्तामोड-३ बिराटपोखरी,बिराटपोखर शिव कृतन मण्डली बिर्तामोड-३ सैनिकमोड, बिराट पंचमुखी बजरङ्गबली कृतन मण्डली बिर्तामोड-३ बिराटपोखरी, सिद्धि बिनायक कृतन मण्डली बिर्तामोड-१० बिराटपोखर, राधाकृष्ण कृतन मण्डली बिर्तामोड-९ धनबीरबाडी र गरमकाली कृतन मंडली बिर्तामोड-९ कन्चनटोलका अध्यक्ष ...

बिराटपोखरमा एक कार्यक्रममा सातवटा कृतन सम्मानित

Image
  १६ भदौ,झापा बिर्तामोड-१० बिराटपोखरको एक कृतन मण्डलीले एउटा कार्यक्रमको आयोजना गरि सातवटा कृतन मण्डलीलाई एकै साथ सम्मान गरेको छ। त्यहाँ  स्थित मनकामना काली मन्दिर तथा सत्संघ भवन समिति अन्तर्गतको मनकामना काली कृतन मण्डलीले उक्त सम्मान कार्यक्रम गरेको हो। गत शनिबार दिवा सत्रमा मण्डलीका महिला दिदि बहिनीहरुलाई दर खुवाई मनोरन्जन र नृत्य प्रतियोगिता समेत गराई साँझ छिमेकी कृतन मण्डलीहरुलाई सम्मान गरिएको आयोजक मण्डलीले जानकारी गराएको हो। मण्डलीले श्रावण महिना भरि बिर्तामोड-१० स्थित बिराटपोखरको मनकामना काली मन्दिरमा दैनिक भजन कृतनको आयोजना गरेको र उक्त कार्यक्रममा सहयोग गर्ने छिमेकी कृतन मण्डलीहरु नवदुर्गा कृतन मण्डली बिर्तामोड-१० बिराटपोखर,बिराट ज्योर्तिलिङ्ग समाबेशी कृतन मण्डली  बिर्तामोड-३ बिराटपोखरी,बिराटपोखर शिव कृतन मण्डली बिर्तामोड-३ सैनिकमोड, बिराट पंचमुखी बजरङ्गबली कृतन मण्डली बिर्तामोड-३ बिराटपोखरी, सिद्धि बिनायक कृतन मण्डली बिर्तामोड-१० बिराटपोखर, राधाकृष्ण कृतन मण्डली बिर्तामोड-९ धनबीरबाडी र गरमकाली कृतन मंडली बिर्तामोड-९ कन्चनटोलका अध्यक्ष तथा प्र...