लाइफलाईनले दिने भयो आदिबासी जनजाति दृष्टिबिहिनलाई उपचारमा छुट
२ असोज,झापा
संझौता अनुसार आदिबासी जनजाति नेत्रहिन संघका सदस्यहरुलाई सिफारिस वा परिचयपत्रको आधारमा उपचारमा तीस प्रतिशत छुट, समन्वयको आधारमा संघसंग मिलेर बर्षको एकपटक निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने,लाईफलाईन अस्पतालका कर्मचारीहरुले आदिबासी जनजाति नेत्रहिन संघले स्थापना गरेको झापाली आदिबासी जनजाति नेत्रहिन साहारा छात्रबृत्ति अक्षयकोषमा स्वेच्छिक रुपमा दैनिक एक रुपिया अभियानमा सामेल हुने,नि:शुल्क स्वास्थ्य शिविरको प्रचार प्रसार दुबै पक्षले गर्नेजस्ता सम्झौता पत्रमा उल्लेख गरिएका छन्।
आदिबासी जनजाति नेत्रहिन संघ झापाका अध्यक्ष भोजकुमार तामाङ्गको अध्यक्षता तथा शिवसताक्षी नगरपालिकाका उप प्रमुख नरमाया कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन सत्र कार्यक्रममा संघद्वारा स्थापित छात्रबृत्ति अक्षय कोषको ब्याजबाट यस वर्ष महेन्द्र रत्न बहुमुखी क्याम्पस इलाममा मानबिकि संकायमा स्नातक तह तेश्रो बर्षमा अध्ययनरत माई नगरपालिका-९ लोदियाका दृष्टिबिहिन छात्र सुरेश लिम्बुलाई प्रदान गरियो। लिम्बूलाई रु. नौ हजार बराबरको रकम कार्यक्रमको बिशेष अतिथी एवं पाथिभरा सामूदायिक बन उपभोक्ता समिति शिवसताक्षी-९ का अध्यक्ष हरेन्द्र तुम्बाहाम्फेले हस्तान्तरण गरे भने संघलाई पूर्ण रूपमा सहयोग गर्ने एक जना संघका पूर्व उपाध्यक्ष नरेन्द्र कुमार म्याङ्गबो लिम्बुलाई योगदानमा आधारित सदस्य सम्मान पत्र र नगद रु. पन्ध्र सय द्वारा सम्मानित गरियो। सो सम्मान पत्र समाजसेवी एवं कार्यक्रमका विशिष्ट अतिथि ज्ञान बहादुर इङ्गबोङ्गले लिम्बुलाई हस्तान्तरण गरेका हुन् भने सम्मान पत्रको बाचन प्राज्ञ सुमित्रा बाङ्गदेल चेलीले गर्नु भएको हो।
स्थापना दिवसकै अवसर पारेर संघका सहसचिव कौशल्या देबी गुरुङ्ग र कार्यसमिति सदस्य कबिराज कुमालको तर्फबाट सहयोग स्वरूप प्रायोजन गरिएको सेतो छडि दृष्टि सम्बन्धि अपांगता भएका व्याक्तिहरु युवराज घिमिरे,दुर्गा चम्लागाई, हिमाल राई,रोबिजा खातुन,मञ्जु तामाङ्ग र केशव न्यौपानेलाई निःशुल्क प्रदान गरियो उक्त सेतो छडी संघका सल्लाहाकार एबं विशेष अतिथि शिवकुमार राजभण्डारीको हातबाट प्रदान गरिएको हो भने समाजसेवी बिरु दर्नालको संयोजनमा समाजसेवी सुरेश अग्रवाल (इलामे) ले सहयोग स्वरूप प्रदान गर्नु भएको पेन्ट र सर्टको कपडा क्रमशः संघका सदस्यहरु बैजनाथ गणेश,रेडिलाल ताजपुरिया,नयाँ लाल ताजपुरिया, बिनोद कुमार महरा दर्जी,दिपक राजबंशी,मोहनलाल गिरी र रोबिजा खातुनलाई नि:शुल्क प्रदान गरियो उक्त कपडा प्राज्ञ सुमित्रा बाङ्देल चेलीको हातबाट हस्तान्तरण गरिएको हो।
प्रमूख अतिथि नरमाया कार्की,झापा नेत्रहिन संघका अध्यक्ष होमनाथ राजबंशी,प्राज्ञ सुमित्रा बाङ्गदेल चेली, ज्ञान बहादुर इङ्गबुङ्ग,शिवकुमार राजभण्डारी,बिरबहादुर रसाईली हरि लामा,निरबहादुर विश्वकर्मा,जगत तुम्बाफो लगायतले शुभकामना राखेको कार्यक्रममा सुमित्रा बाङ्गदेल चेलीले बार्षिक एकहजार र ज्ञान बहादुर इङ्गबोङ्गले बार्षिक रूपमा आजीवन रू एकहजार संघद्वारा संचालित छात्रबृत्ति अक्षय कोषमा जम्मा गर्ने प्रतिबद्धता ब्यक्त गरे। त्यस्तै संघका पूर्व कोषाध्यक्ष अबिरल लिम्बुले संघको कार्यलयलाई तीनवटा कुर्सी हस्तान्तरण गरे सो कुर्सी प्रमुख अतिथि शिवसताक्षी नगरपालिका उपप्रमुख नरमाया कार्कीको हातबाट संघका अध्यक्ष भोजकुमार तामाङ्गलाई हस्तान्तरण गरिएको हो । कन्काईका समाजसेवी शेरबहादुर थापाद्वारा घोषित रु.पचास हजार समेत छात्रबृति अक्षय कोषमा जम्मा गरिएको अध्यक्ष तामाङ्गद्वारा कार्यक्रममा जानकारी गराईएको हो। साथै दमक-८ निबासी पूर्व सैनिक उद्धव प्रसाद राई द्वारा आफ्ना स्व. आमा बुबा इमानसिंह,छेलुङ्ग माया राईको स्मृतिमा एक बर्ष भित्र संघद्वारा संचालित छात्रबृत्ति अक्षयकोषमा रू.पचास हजार जम्मा गर्ने प्रतिबद्धता अध्यक्ष तामाङ्ग मार्फत सूचित गरेका थिए।
उद्घाटन सत्रको कार्यक्रमको स्वागत संघका उपाध्यक्ष युवराज शेर्मा र संचालन सचिव अनिल मुखियाले गरेका हुन्। त्यसै गरि बन्द सत्रमा अध्यक्ष तामाङ्गद्वारा बार्षिक प्रतिबेदन प्रश्तुत र कोषको हिसाब प्रश्तुत गरि सर्बसम्मत पारित गरिएको घोषणा गरियो।
कार्यक्रम आदिबासी जनजाति सामुदायिक सभा भवन दुधे बजारमा सम्पन्न भएको हो।
Comments
Post a Comment