३१,बैशाख,झापा बिर्तामोड–९ स्थित कोलाटोली खानेपानी तथा सरसफाई उपभोक्ता समिति पुनर्गठन गरिएको छ। नेकपा (एमाले) निकट उपभोक्ता भेलाबाट गठन भएको समितिको अध्यक्षमा एमाले बिर्तामोड–९ वडा कमिटी अध्यक्ष प्रेम प्रसाद भण्डारी चयन भएका हुन्। १३ सदस्यीय नयाँ समिति गठन गरिएको उक्त भेला बिर्तामोड–९ मा सम्पन्न भएको हो। समितिले वडा अध्यक्ष हरिप्रसाद चौलागाईंको उपस्थितिमा भेला सम्पन्न भएको जानकारीसहित नामावली र संस्थाको खाता सञ्चालन सम्बन्धी निर्णय खानेपानी डिभिजन कार्यालय चन्द्रगढीमा बुझाउने निर्णय गरेको जनाइएको छ। समितिका अन्य पदाधिकारीमा उपाध्यक्ष गौरी प्रसाद घिमिरे, सचिव हरि बहादुर कार्की, कोषाध्यक्ष विष्णु माया कोइराला र सहसचिवमा राजेन्द्र सिटौला चयन गरिएका हुन्। सदस्यहरूमा तारानिधि खनाल, शान्ती मार्डे, कल्पना बिक, जयराज ढकाल, कृष्ण प्रसाद उप्रेती, मोहन उप्रेती र पर्शुराम पाठक रहेका छन्। यसअघि फागुन ७ गते लक्ष्मी मोतेको अध्यक्षतामा सम्पन्न भेलाले कोलाटोलीमा खानेपानी योजना सञ्चालन गर्न नयाँ उपभोक्ता समिति आवश्यक रहेको ठहर गर्दै समिति गठन प्रक्रिया अगाडि बढाइएको थियो। तर समितिको गठनप्रति ...
Comments
Post a Comment