स्व.भद्रबीर तामाङ्गको नाममा मन्दिर र गुम्बालाई सहयोग
३१ भदौ,बिर्तामोड
बिर्तामोड-९ कञ्चनटोल निबासी स्व. भद्रबीर तामाङ्गको नाममा मृत्यू भएको उन्न्चासौं दिनमा स्थानिय गुम्बा र मन्दिरलाई सहयोग गरिएको छ। तामाङ्गको मृत्यू भएको अन्तिम उन्न्चासौ दिनको सुद्धाई कार्यको अवसर पारेर परिवारजनबाट मन्दिर र गुम्बालाई आर्थिक राहत प्रदान गरेर सहयोग गरिएको जनाईएको हो। स्व. तामाङ्गको गत असार चौध गते सरसठी बर्षको उमेरमा निधन भएको हो।
सहयोग स्वरूप बिर्तामोड-९ स्थित गरमकाली मन्दिरलाई नगद रु. दश हजार र नेखाङ्ग छोइलिङ्ग गुम्बालाई रु.बीस हजार प्रदान गरिएको छिमेकी यज्ञराज श्रेष्ठले जानकारी गराए। सो रकम मन्दिर समितिका सचिव प्रेम कुमार खरेल र गुम्बा समितिका सचिव लक्ष्मी प्रसाद मोत्तानलाई परिवारजनले हस्तान्तरण गरेका हुन्।
स्व. तामाङ्गको श्रीमति कालीमाया तामाङ्ग, छोरा बुहारीहरु जीतेन र जुनामाया,बिवेक र सिकुम रहेका छन्।
Comments
Post a Comment