स्व.भद्रबीर तामाङ्गको नाममा मन्दिर र गुम्बालाई सहयोग

 


३१ भदौ,बिर्तामोड

बिर्तामोड-९ कञ्चनटोल निबासी स्व.  भद्रबीर तामाङ्गको नाममा मृत्यू भएको उन्न्चासौं दिनमा स्थानिय गुम्बा र मन्दिरलाई सहयोग गरिएको छ। तामाङ्गको मृत्यू भएको अन्तिम उन्न्चासौ दिनको सुद्धाई कार्यको अवसर पारेर परिवारजनबाट मन्दिर र गुम्बालाई आर्थिक राहत प्रदान गरेर सहयोग गरिएको जनाईएको हो। स्व. तामाङ्गको गत असार चौध गते सरसठी बर्षको उमेरमा निधन भएको हो।

 सहयोग स्वरूप बिर्तामोड-९ स्थित गरमकाली मन्दिरलाई नगद रु. दश हजार र  नेखाङ्ग छोइलिङ्ग गुम्बालाई रु.बीस हजार प्रदान गरिएको छिमेकी यज्ञराज श्रेष्ठले जानकारी गराए। सो रकम मन्दिर समितिका सचिव प्रेम कुमार खरेल र गुम्बा समितिका सचिव लक्ष्मी प्रसाद मोत्तानलाई परिवारजनले हस्तान्तरण गरेका हुन्।

स्व. तामाङ्गको श्रीमति कालीमाया तामाङ्ग, छोरा बुहारीहरु जीतेन र जुनामाया,बिवेक र सिकुम रहेका छन्।





 

Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया