संचारकर्मी घिमिरेले पाए नवराज शंकर यूवा प्रतिभा सम्मान

 


 १६ भदौ,झापा

नवराज शंकर स्मृति युवा प्रतिभा सम्मान–२०८१ बाट झापाका युवा पत्रकार चिरञ्जीवी घिमिरे सम्मानित भएका छन्। नवराज शंकर प्रतिष्ठानले आइतबार इलाम सदरमुकाममा एक कार्यक्रमको आयोजना गरी घिमिरेलाई नगद रुकम रु. पाँचहजार सहित सम्मान गरेको हो। उनलाई राष्ट्रिय सभाका पूर्वसदस्य खेम नेपाली,जिल्ला समन्वय समिति इलाम प्रमुख जयप्रकाश राई लगायतले दोसल्ला ओढाई चेक र सम्मानपत्रले सम्मान गरे।

एक दशकदेखि पत्रकारितामा क्रियाशील घिमिरेलाई सीमान्तकृत वर्ग समुदायको पक्षमा कलम चलाएकोमा पुरस्कृत गरिएको जनाईएको हो । उनी मोफसल लगायत राजधानी बाट प्रकाशित हुने नयाँ पत्रिका दैनिकमा आवद्ध छन् । राजनीति र सामाजिक क्षेत्रमा क्रियाशील शंकरको ३७औँ जन्मजयन्तीको अवसरमा नवराज शंकर प्रतिष्ठानले हरेक वर्ष एकजना युवालाई सम्मान गर्दै आएको छ।

राजनीतिक तथा दर्जनौँ सामाजिक क्षेत्रमा क्रियाशील रहेका शंकरको कोरोना महामारी (कोभिड -९) का कारण २०७८ जेठ २ गते निधन भएको थियो। उनकै स्मृतिमा प्रतिष्ठान स्थापना गरिएको हो । यसैबीच, शंकरको जीवनीमा आधारित डकुमेन्ट्री फिल्म ‘चम्किरहेको तारा नवराज शंकर’ प्रदर्शन गरिएको छ । प्रतिष्ठानले निर्माण गरेको डकुमेन्ट्रीमा शंकरले पत्रकारिता, राजनीतिक, सामाजिक, खेलकुदलगायत क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गरिएको छ ।

Comments

Popular posts from this blog

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते