बिराटपोखरीमा तीजमा सामुहिक र एकल नृत्य प्रतियोगिता हुने
![]() |
बिराटपोखरीको शिव मन्दिर |
१९ भदौ,बिर्तामोड
बिर्तामोड नगरपालिक वडा न.-३ स्थित धार्मिक तथा एतिहासिक पर्यटकिय स्थल बिराटपोखरीमा आगामी भदौ २१ गते हरितालिका तीजको अवसर पारेर शुक्रबार मनोरन्जनात्मक नृत्य प्रतियोगिताको कार्यक्रम गरिने आयोजक बिराट सरोबर बहुउदेश्यीय बिकाश समितिले जानकारी गराएको छ। प्रतियोगितामा महिलातर्फ सामुहिक नृत्य प्रतियोगिता र एकल नृत्य प्रतियोगिता गरि दुई बिधामा प्रतिस्पर्धीलाई पुरस्कृत गर्न लागिएको हो भने कार्यक्रम एतिहासिक बिराटपोखरीमा हुने आयोजकले जनाएको छ।
कार्यक्रममा प्रत्येक बिधामा प्रथम हुनेले रु. पच्चिस सय,द्वित्तिय हुनेले रु.दुई हजार,तृत्तिय हुनेले रु.पन्ध्र सय र सान्त्वना स्वरूप रू.एक हजार पुरस्कार प्रदान गरिने आयोजकका तर्फबाट सचिव जगनाथ भट्टराईले जानकारी गराए। तीज विशेष कार्यक्रम मनोरन्जनका साथै संस्कृति जोगाउन स्थानिय स्तरमा गर्न लागिएको समेत उनको भनाई छ।
त्यसै गरि सहसचिव अर्जुन उप्रेतीले हरितालिका तीजलाई हर्षोल्लासका साथ मनाउन त्यस दिन सबैजनालाई एतिहासिक बिराटपोखरीमा उपस्थित हुन आग्रह गर्दै प्रतियोगितात्मक नृत्यको साथसाथै बीच बीचमा प्रश्नोतर लगायत अन्य आकर्षक कार्यक्रम मनोरन्जको लागि राखिएको समेत जानकारी गराए।
Comments
Post a Comment