Posts

Showing posts from November, 2024

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा दुर्घटना बढेपछि बाँसको ढाट

Image
  १६ मंसिर,झापा बिर्तामोड नगरपालिका वडा न.-९ बिराटपोखरदेखि कोलाटोली सडक खण्डको बद्रिबारी टोलमा बर्खाको समयमा भत्किएको कल्भर्ट हालसम्म पनि मर्मत गर्न स्थानिय सरकारले चासो नदेखाएको र उक्त स्थानमा सवारीसाधन चल्ने क्रममा भत्किएको सडक नदेखेर आकस्मिक दुर्घटना बढेको भन्दै स्थानियले बाध्य भएर बाँसको ढाट लगाएका छन्। भत्किएको सडक दक्षिणपट्टि उकालो भएको कारणले दक्षिण पट्टिबाट आएका सवारी साधन भत्किएको सडक नदेखेर सरासर आउदा धेर मत्रामा दुर्घटनामा पर्ने गरेको स्थानियले जनाएका हुन्। सो स्थानमा आजकल  दुर्घटना बढेको समेत उनीहरुले जनाए। दुर्घटना बढेपछि स्थानियले भत्किएको स्थानको दक्षिणपट्टि बाँसको ढाट लगाएर सडक भत्किएको छ भनेर संकेत गर्ने खोजेका हुन् । साथै डाइभर्सनबाट सवारी साधन चलाउन जानकारी दिइएको जनाईएको हो। स्थानिय तेज प्रसाद सिटौलाले जनाए अनुसार बिर्तामोड-१० निबासी राम प्रसाद खनाल र बद्रीबारी टोल बिकाश संस्थाका सचिव बाल कृष्ण आलेको  नेतृत्वमा आएका यूवाहरुले १५ गते शनिबार बिहान ढाट लगाएकाे सिटौलाले बताए। केही दिन अघि स्थानिय एक शिक्षक सोही स्थानमा दुर्घटनामा परेका ...

बिराटपोखरीमा भजनको साथ सम्मानको कार्यक्रम

Image
 १५ मंसिर,झापा बिर्तामोड-३ स्थित एतिहासिक धार्मिक तथा पर्यटकिय स्थल बिराटपोखरीमा बालाचर्तुदशीको पूर्व सन्ध्यामा बिराटपोखरी सरोबर बहुउद्देश्यीय बिकाश समितिको आयोजनामा भजन कृतनको साथमा सम्मानको कार्यक्रम सम्पन्न गरिएको छ। बालाचर्तुदशीको पूर्व सन्ध्यामा बिराटपोखरीमा पितृहरुको नाममा दिप प्रज्वलन गर्न आउने भक्तजनहरुको सहजताको निमित्त उक्त कार्यक्रमको आयोजना गरिएको आयोजकले जानकारी गराएको हो। सोही कार्यक्रममा स्थानिय कलाकार र कृतन मण्डलीहरुले भजन कृतन प्रश्तुत गरेका हुन्। कार्यक्रममा स्थानिय सत्रवटा कृतन मण्डलीले भजन कृतन प्रश्तुत गर्नुका साथै  कलाकार शुशिल चूडाल समेतले भजन गाएर उपस्थित दर्शकलाई नचाए । उक्त कार्यक्रममा प्रत्येक कृतन मण्डलीलाई प्रमाणपत्रद्वारा सम्मान गरिएको आयोजकका तार्फबाट समितिका सहसचिव अर्जुन उप्रेतीले जानकारी गराए । कार्यक्रममा बिर्तामोड वडा न.-३ वडा सदस्य हरि बास्कोटा,नेकपा माओबादी केन्द्र बिर्तामोड नगर इन्चार्ज मदन सुब्बा,राप्रपा बिर्तामोड नगर अध्यक्ष रन्जु प्याकुरेल,नेकपा एमाले बिर्तामोड अध्यक्ष सुबास भट्टराई लगायतले शुभकामना मन्तब्य राख्दै सबै तह र त...

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते

Image
१४ मंसिर,बिर्तामोड  बिर्तामोड-९ बिराटपोखरबाट कोलाटोली जाने भत्किएको कल्र्भर्टमा आज बिहान सात तीस बजे मोटरसाईकल दुर्घटना हुँदा एक जना घाइते भएका छन्। घाईते हुनेमा बिर्तामोड-१० पत्थरभिट्टा बस्ने महेन्द्र रत्न मा बि का शिक्षक इच्छाराम निरौला रहेको स्थानिय सुनिता निरौला बास्कोटाले जानकारी गराईन् । निरौला बिर्तामोड-९ कोलाटोलीमा रहेका साथी पुष्प पौडयाललाई भेटेर सो सडक खण्ड भै विद्यालयतर्फ जाने क्रममा दुर्घटनामा परेको जनाईएको हो। सो सडक खण्डमा बर्षाले भत्किएको कल्भर्ट छ । दक्षिणबाट आउने क्रममा केही उकालो भाग र त्यसपछि भत्किएको कल्भर्ट आउछ भत्किएको कल्भर्टको भेउ नपाउदा निरौला सरासर आउदा कल्भर्टबाट मोटरसाईकल अनियन्त्रित भै सोझै तल खसेको स्थानिय तेज प्रसाद सिटौलाले बताए। दुर्घटनाबाट निरौलाको दाहिने हात र औंला भाचिएको जनाईएको छ भने अन्यत्र सामान्य चोट लागेको जनाईएको हो। दुर्घटनामा निरौलाको मे ११ प १७४७ न. को होण्डा साईन मोटरसाईकलमा समेत क्षति पुगेको जनाइएको हो। घाईते निरौलालाई उपचारको लागि कन्काई  अस्पताल बिर्तामोड लगिएको जनाईएको हो भने स्थानियले उक्त दुर्घटना स्थलमा ...

प्रथमपटक बिराटपोखरीमा तीनसय लाईटको बालाचर्तुदशीमा आकर्षण

Image
   १३ मंसिर,झापा बालाचतुर्दशी पर्वको निमित्त भगवानको नाममा बिर्तामोड-३ स्थित एतिहासिक,धार्मिक,पर्यटकिय स्थल बिराटपोखरीमामा प्रथम पटक तीन सयवटा टियूनिङ्ग लाईट जडान गरेर आकर्षक तरिकाले सजाईएको छ। उक्त लाईट जडान गरिएपछि बालाचर्तुदशीको पूर्व सन्ध्यामा बिराटपोखरी आकर्षक र झलमल्ल हुने भएको  हो। उक्त लाईट जडान गर्ने भद्रपुरका ठेकेदार रामू सहनीका अनुसार तीन सयवटा टियुनिङ्ग लाईटको माला करिब तीन सय मिटर लम्बाई र बारह फिट चौडाई भएको पोखरीको दक्षिण पट्टिको सडकमा आकर्षक तरिकाले जडान गरिएको उनले बताए । उनका अनुसार यस लाइटिङ्गको अनुमानित खर्च पचास देखि साठी हजार रुपैया सम्म पर्ने जनाए भने सातवटा रङ्गमा  बत्ति बल्ने पनि जानकारी दिए । १३ गते बुधबार साँझ सम्म लाइटिङ्ग जडानको सम्पूर्ण कार्य सकिने र १४ गते साँझको बालाचर्तुदशीको कार्यक्रम समापन भए पश्चात उक्त लाईट निकालिने उनको भनाई छ। बिराटपोखरी सरोबर बहुउदेशयिय बिकाश समितिले भने यस अघिनै बालाचर्तुदशी पर्बको अवसरमा बिराटपोखरी परिसरलाई आकर्षक र सुन्दर देखाउन पूर्वसन्ध्यामा टियुनिङ्ग लाइट जडान गर्ने निर्णय गरेको हो।

शिक्षासेवी तथा साहित्यकार देशु वनेमलाई मातृशोक

Image
११ मंसिर,बिर्तामोड श्री महेन्द्र ज्योती माध्यमिक बिद्यालय बिर्तामोड-१० सैनिक बजारका पूर्व प्र अ,साहित्यकार तथा शिक्षासेवी देशु वनेमलाई मातृ शोक परेको छ। उहाँको ममतामयी माता  सीता देवि लिम्बु (जम्दारनी बोजु) को  गए राती मंसिर १० गते बिर्तामोड-१० सापडिग्री स्थित निजि निवसमा स्वर्गारोहण भएको पारिवारिक श्रोतले जनाएको  हो। उहाँ  केही दिनदेखि अस्वस्थ्य हुनु भएको हो ।  स्व. सिता देबि लिम्बुको पार्थिव शरिरको दहसंस्कार किरात धर्म संस्कार अनुसार निजि निवास नजिकै गरिने भएको समेत जनाईएको छ। साहित्यकार देशु बनेमद्वारा स्व. आमाको स्मृत्तिमा रचिएको कबिता सुत आमा सुत! अब तिमीले कहिल्यै बिउँझनु पर्दैन  न आगोले पोल्छ न जाडोले पोल्छ न पीडाले दुखाउँछ न बिरहले रुवाउँछ अब तिमीले कहिल्यै आँसु खसाल्नु पर्दैन  अब चिर निन्द्रामा सुत अब हरेक बिहान तिमीले उठ्नु पर्दैन  जीवनसित तिमीले जुझ्नु पर्दैन  सुत आमा सुत! अब कहिल्यै बिउँझनु नपर्ने स्वर्गीय निन्द्रामा सुत ! सधैं जस्तै भोलि पक्कै बिहान हुनेछ तिमीले रोपेका फूलहरुले तिमीलाई पक्कै खोज्लान् तिमीले सुम्सुमाएका बस्तु...

बिर्तामोडमा गधाले बाईक लडायो,तिर्नुपर्ने भयो मर्मत खर्च

Image
  १० मंसिर,बिर्तामोड बिर्तामोड-३ सतानुबारी सैनिकमोडमा गधाले मोटरसाईकललाई लडाईदिदा गधा मालिकले मोटरसाईकल धनीलाई मर्मत खर्च तिरिदिनु पर्ने भएको छ। आज साँझ दुईवटा गधाको खुट्टामा बाधेर राखेको डोरीमा हिडिराखेको गधाले पार्किङ्ग गरिराखेको दुईवटा मोटरसाईकललाई लडाईदिएको हो। लडेको मोटरसाईकलमा सामान्य क्षति पुगेको छ। सोही स्थान निबासी प्रेम नेपालीको मे ४ प ९७६९ न. को १२५ सिसिको डिस्कभर बाईक र सहदेव राजबंशीको प्र १-०१-०१३ प २८ न. को २२० सिसिको पल्सर मोटर साईकललाई लडाएको हो। दुबै मोटरसाईकल सैनिकमोड स्थित राजेश राजबंशीको चिया पसल अगाडी पार्किङ्ग गरिएको हो भने डिस्कभर बाईकको अगाडीको भाइजर र पल्सर बाईकको पछाडीको नम्बर शो गर्ने लाईट भाचिएको हो। गधाले मोटरसाईकल लडाईदिए पछि मोटरसाइकल धनी नेपालीले प्रहरीलाई खबर गरेको र प्रहरीले गधा मलिकले मोटरसाईकल बनाईदिने सहमति गरेको बताए भने गधा सैनिकमोडमा बसेर सिलौटा ब्यापार गरिरहेका बरुण शर्माको रहेको हो।

बालाचर्तुदशीमा बिराटपोखरीमा जाग्राम सहितको भजन कृतन हुने

Image
  ७ मंसिर,बिर्तामोड बिराटपोखरी सरोबर बहुउदेश्यीय  बिकास समिति र सोही स्थानको ज्योर्तिलिङ्ग समावेशी कृतन मण्डलीको सह आयोजनामा बिर्तामोड-३ स्थित धार्मिक तथा एतिहासिक बिराटपोखरीमा बालाचर्तुदशी पर्वको पूर्व सन्ध्यामा भजन कृतन र पितृहरुको नाममा रातभर दिप प्रज्वलन गरि भोली पल्ट गत बर्षझैं यस बर्ष पनि बिहान सदबिज छर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ। सो कार्यक्रमको लागि सम्पूर्ण भक्तजनहरुलाई आयोजकको तर्फबाट उक्त दिन उपस्थिती भैदिन आब्हान गरिएको हो। बिराटपोखरी सरोबर बहुउदेश्यीय बिकास समितिका सचिव जगनाथ भट्टराईका अनुसार गत बर्षहरुझैं यसबर्ष पनि बिराटपोखरीमा बाला चर्तुदशी पर्ब मनाउन निरन्तरता दिदै सोही कार्यक्रमलाई लक्षित गरिआगामी मंसिर तेरह गते बिभिन्न संघ संस्थाको सहयोगमा पोखरी परिसर बृहत सरसफाई गरिने जानकारी दिए। न्यूनतम एक हजार भन्दा बढिनै भक्तजनले बिराटपोखरीमा बाला चर्तुदशीमा सदबिज छर्ने गरेको समेत उनले बताए। सदबिज छर्ने दिन बिहान पोखरीको गेट तीन बजे देखिनै भक्तजनको लागि खुल्ला गरिने  उनको भनाई छ। सरोबरका अध्यक्ष इन्द्र प्रसाद प्रसाई बिदेश भ्रमणमा रहेपनि सोदिन सम्ममा आईसक्...

के के कार्यक्रम छन् बालाचर्तुदशीमा बिराटपोखरीमा ?

Image
७ मंसिर,बिर्तामोड बिराटपोखरी सरोबर बहुउदेश्यीय  बिकास समिति र सोही स्थानको ज्योर्तिलिङ्ग समावेशी कृतन मण्डलीको सह आयोजनामा बिर्तामोड-३ स्थित धार्मिक तथा एतिहासिक बिराटपोखरीमा बालाचर्तुदशी पर्वको पूर्व सन्ध्यामा भजन कृतन र पितृहरुको नाममा रातभर दिप प्रज्वलन गरि भोली पल्ट गत बर्षझैं यस बर्ष पनि बिहान सदबिज छर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ। सो कार्यक्रमको लागि सम्पूर्ण भक्तजनहरुलाई आयोजकको तर्फबाट उक्त दिन उपस्थिती भैदिन आब्हान गरिएको हो। बिराटपोखरी सरोबर बहुउदेश्यीय बिकास समितिका सचिव जगनाथ भट्टराईका अनुसार गत बर्षहरुझैं यसबर्ष पनि बिराटपोखरीमा बाला चर्तुदशी पर्ब मनाउन निरन्तरता दिदै सोही कार्यक्रमलाई लक्षित गरिआगामी मंसिर तेरह गते बिभिन्न संघ संस्थाको सहयोगमा पोखरी परिसर बृहत सरसफाई गरिने जानकारी दिए। न्यूनतम एक हजार भन्दा बढिनै भक्तजनले बिराटपोखरीमा बाला चर्तुदशीमा सदबिज छर्ने गरेको समेत उनले बताए। सदबिज छर्ने दिन बिहान पोखरीको गेट तीन बजे देखिनै भक्तजनको लागि खुल्ला गरिने  उनको भनाई छ। सरोबरका अध्यक्ष इन्द्र प्रसाद प्रसाई बिदेश भ्रमणमा रहेपनि सोदिन सम्ममा आईसक्ने...

बिर्तामोड-१० ठूट्टेबरमा सुतेकै अवस्थामा एक व्याक्ति मृत फेला

Image
    ३ मंसिर,बिर्तामोड बिर्तामोड–१० ठुट्टेबरमा सुतेकै अवस्थामा एक व्यक्ति मृत फेला परेका छन् ।  हिजो बिहान अन्दाजी ५.०० बजे बिर्तामोड नगरपालिका वडा नम्बर-१० ठुट्टेबर बस्ने कृष्ण न्यौपानेको घरमा काम गर्ने भारतीय नागरिक सुतेकै अवस्थामा मृत फेला परेका हुन् । बिगत १४–१५ बर्षदेखि न्यौपानेको घरमा बसेर काम गर्दै आएका भारत डुर्बस बाख्राकोट मालबजार घर बताउने अन्दाजी ५५ वर्षका समस भनिने समरा उराउ सुतिरहेको स्थानमा मृत फेला परेपछि घरधनीले प्रहरीलाई खबर गरेका थिए । थप अनुसन्धान तथा कानुनी प्रक्रियापश्चात् शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए । उराउ अत्यधिक मदिरा सेवन गर्ने गरेका थिए । मदिरा सवेन गरेकै कारण उनको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ ।

बिर्तामोड पर्यटन तथा चलचित्र महोत्सबमा पाँच लाख दर्शक आउने अनुमान

Image
    २९ कात्तिक,बिर्तामोड नेपाल तामाङ्ग घेदुङ्ग बिर्तामोड र कोशी प्रदेश चलचित्रकर्मी संघको आयोजनामा बिर्तामोडमा पर्यटन तथा चलचित्र महोत्सव २०८१ हुने भएको छ । आगामी मंसिर एक गते देखि मंसिर पन्ध्र गते सम्म महोत्सव आयोजना हुने साथै बाईसवटा स्टल मार्फत स्थानिय उत्पादनका सामाग्री   लगायतका व्यापारिक स्टल रहने, महोत्सव अवधिमा राष्ट्रिय स्तरका कलाकारहरु पूर्ण राई,कमल खत्री, शांतीश्री परियार,ज्योति मगर,समिक्षा अधिकारी,राजेश पायल राई,एलिना । चौहान,ताराप्रकाश लिम्बु,जितु लोक्ताम लगायतको सांगितिक प्रस्तुतिले मनोरन्जन गराईने साथे तामाङ्ग संस्कृति झाँकी प्रदर्शन गरिने आयोजक तामाङ्ग घेदुङ्ग बिर्तामोड नगरका नगर अध्यक्ष बिजय तामाङ्गले जानकारी गराए। महोत्सवमा चलचित्र पर्दशनी,राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकार सहितको सांस्कृतिक कार्यक्रम,चलचित्र कार्यशाला,चलचित्र र पर्यटन सम्बन्धि अन्तरक्रिया कार्यक्रम,नेपाल भारतका चलचित्रकर्मीहरु बिच अन्तरसंबाद कार्यक्रम,रमाईलो मेला साथै ब्यब्यासयिक स्टलहरु रहने जनाईएको छ भने महोत्सव बिर्तामोडको धर्मकाँटारोडमा हुने भएको हो। त्यस्तै कोशी प्रदेश चलचित्र...

कियाचु बिर्तामोड-१० द्वारा पत्रकार एबं चौबिस कलाकार साथै सहयोगीलाई सम्मान

Image
    १ मंसिर,बिर्तामोड  किरात याक्थुङ्ग चुम्लुङ्ग बिर्तामोड-१० शाखाले आयोजना गरेको बलिहाङ तङनाम येलेतङवे ५०८४ तथा शुभ दिपावली २०८१ देउसी भैलोका कलाकार एबं सहयोगी साथै एक पत्रकारलाई समापनको अवसर पारेर सम्मान गरेको छ। गत दिपावलीमा सो शाखाद्वारा सार्बजानिक रूपमा देउसी भैलो तथा नृत्य कार्यक्रम आयोजना गरिएको र सोही टिममा सहभागी कलाकार एबं सहयोगीहरु साथै पत्रकार समेतलाई  सम्मान  गरेको हो। शाखाले नृत्यमा सहभागी  कलाकारहरु क्रिष्टिना योङ्गहाङ्ग, कियाति योङ्गहाङ्ग,इच्छा बेघा,आरती राई,सम्रिका लोक्ताम,अर्पा राई, गाजल लिम्बु,साक्तिम लिम्बु,देबिका तामाङ्ग,माया तामाङ्ग,शितल जबेगु, पूर्णिमा राई,श्रृजना राई,नितिन जबेगु, आकृति वनेम,समृद्धि लिम्बु,बिमा गुरुङ्ग,मेनुका चम्लागाँई,स्मृति लिम्बु, रोशिका राई,सुबिना लिम्बु,निशा जबेगु,पुरण जबेगु र सुजन लिम्बुलाई सम्मानपत्र सहित नगद प्रदान गरेर सम्मान गरेको हो। त्यसै गरि सहयोगीहरु साउण्ड अप्रेटर महेश बानिया,दिपेन साउण्ड सिस्टम बिर्तामोड-१० सैनिक बजारका प्रोपाईटर दिपेन विश्वकर्मा,यातायात ब्यबयासयी सहयोगी भक्त राजबंशी, कियाचु बिर्तामोड-...

यसरी बनाउनुहोस् छठ पर्वको ठेकुआ

Image
  २२ कात्तिक,झापा चार दिन सम्म चल्ने छठ महापर्वमा उपवासको साथ यो  महापर्वमा बिभिन्न तरिकाको स्वादिष्ट व्यंजन पनि बनाइन्छ। यहां तपाईलाई स्वादिष्ट व्यंजन ठेकुआ बनाउने आसान विधिको बारेमा जानकारी गराइदैछ । छठ पूजा  देशको बिभिन्न भागमा मनाईन्छ र सूर्य देव र छठी मैयामा समर्पित यो तिहार विशेष व्यंजनको  बिना अधूरो पनि हुने गर्छ।  यस मध्येमा पर्ने एक व्यन्जन हो ठेकुआ। छठमा बनाईने परंपरागत व्यंजन  पूर्ण सात्विक तरीकाबाट तयार गरिन्छ। अथवा यसमा प्याज र लहसुनको प्रयोग भएको हुदैन। अनुष्ठानिक महत्वको साथसाथै यो खाद्य पदार्थ  स्वास्थ्यको दृष्टीकोणले पनि उपयोगी छ। किनकी छत्तिस घण्टा सम्म बिना भोजन र पानीको साथ ब्रतबसि सकेपछि मात्र यसलाई सेवन गरिन्छ । पेश छ छठमा बनाईने ठेकुवा रेसिपी, बनाउने बिधि जो बनाउन आसान र पौष्टिक पनि छ । यसलाई बनाऔं र स्वाद लिउँ। सब भन्दा पहिला  कराईमा केहि पानी उमाल्नुहोस् र थोरै थोरै सख्खर यसमा मिलाउनुहोस् र यसलाई घोल्नुहोस् । त्यसपछि यसमा आटा मिसाउनु होस्। गुड़ र आटाको मिश्रण 1:2 को अनुपातमा हुनु पर्दछ। हलुका सौंफ मिसाएर यसलाई चलाउनुहोस् ।...

बिर्तामोड-१० मा किरात याक्थुङ्ग चुम्लुङ्गको समुहगत देउसी भैलो

Image
  २० कात्तिक,बिर्तामोड  बिर्तामोड-१० मा किरात याक्थुङ्ग चुम्लुङ्गको आयोजनामा यस बर्षको दिपावलीमा भब्य रुपमा देउसी भैलो सहित नृत्य कार्यक्रम गरिएको छ। वडा भरिका किरात याक्थुङ्गका सदस्यहरुको सहभागितामा कार्यक्रम गरिएको जनाईएको हो। कार्यक्रम बिर्तामोड-१० का  बिभिन्न स्थानहरुमा गरिएको हो भने सोही स्थानमा सामूहिक रुपमा दक्षिणा समेत संकलन गरिएको जनाईएको छ।  याक्थुङ्ग चुम्लुङ्गका बिर्तामोड-१० अध्यक्ष रन्जित जबेगुको अग्रसरतामा कार्यक्रम गरिएको चुम्लुङ्गका बिर्तामोड-१० सचिब सन्तोष बेघाले जानकारी गराए। उक्त देउसी भैलो कार्यक्रममा सहभागी कलाकारहरुले लिम्बु जातिको च्याब्रुङ्ग नाँच सहित आफ्नो  साँस्कृति झल्कने गीतमा नृत्य सहित देउसी भैलो पर्दशन गरेको सचिव बेघाले बताए भने अध्यक्ष जबेगुले यथाशक्य सबै वडाबासीलाई सांस्कृतिक पर्वको जानकारी गराउने उद्देश्यले पत्राचार सहित अग्रिम जानकारी गराएर यस बर्षको देउसी भैलो (लारिन्गेक नाम्लिङ्गगेक) आयोजना गरिएको बताए। आयोजकको तर्फबाट यस बर्षको मूल नारा नाँचौ र नचाँऔ आफ्नो संस्कृति बचाँऔ भन्ने रहेको हो भने यस कार्यक्रममा बिभिन्...

बिर्तामोड-१० बिराटपोखरका यादब बाख्राको खोरमा मृत भेटिए

Image
 १६ कात्तिक,बिर्तामोड  बिर्तामोड १० विराटपोखरमा मादक पदार्थ सेवन गरी सुतेका एक व्यक्ति बाख्राको खोरमा मृत भटिएका छन् । आज बिहान अन्दाजी ७.३० बजेको समयमा बिर्तामोड–१० बिराटपोखरस्थित हृदयराज पाठकको बाख्राखोरमा भारतीय नागरिक ३५ वर्षीय सन्तोष यादव मृत अवस्थामा फेला परेका हुन् ।भारत सितामढी आनन्दगंज घर भई बिगत ५–६ बर्षदेखि सोही ठाउँमा इन्द्रप्रसाद संग्रौलाको जग्गा भाडामा लिई उनले पुल्लीवाल खेतीबारीको काम गर्दै आएका थिए । प्रारम्भिक कानुनी प्रकृया पूरा गरी शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल पठाईएको इप्रका बिर्तामोडले जनाएको छ ।

बिर्तामोडमा शंखधर शाख्वाको तस्बिर सहित नेपाल संबतको रयाली

Image
  १७ कात्तिक,बिर्तामोड नेवा:देय दबू बिर्तामोड नगर समितिले नेपाल संबत ११४५ को अवसरमा एक दिवशीय मोटरसाईकल रयाली आयोजना गरि उक्त रयाली सम्पन्न गरेको छ। नेपाल संबतका पर्बतक शंखधर शाखवाको तस्बिर सहित गाडी र मोटरसाईकलमा रयालीले बिर्तामोड नगरपालिकाको दशवटै वडा परिक्रमा गरेको हो।  बिर्तामोडको कुशल होटलमा भेला भै बिर्तामोड,बुट्टाबारी,गरामनी, देउनिया,लखीबारी,सैनिक बजार,पत्थरभिट्टा भिमसेन मन्दिर चैतुबारी,बिर्ताबजार हुदै पून बिर्तामोड मूक्तिचोक पुगेर रयाली समापन गरिएको हो भने यस बिचमा पर्ने बिर्तामोड-९ लखी बारीको भिमसेन मन्दिरमा बक्ताहरुले शुभकामना दिनुको साथै त्यस मन्दिरका पुजारी जेष्ठय नागरिक पदम श्रेष्ठलाई नगद प्रदान सहित फूलमाला लगाई दिएर नेवाःदेय दबु नगर अध्यक्ष छत्र बहादुर श्रेष्ठले सम्मान जनाएका हुन्। सोही क्रममा बक्ताहरु अध्यक्ष छत्र बहादुर श्रेष्ठ, प्रदेश अध्यक्ष इन्द्र बहादुर श्रेष्ठ,बरिष्ठ उपाध्यक्ष रत्न कुमार श्रेष्ठ,नगर सल्लाहाकार यज्ञराज श्रेष्ठले शुभकामना मन्तब्य राखेका हुन्। प्रदेश अध्यक्ष इन्द्र बहादुर श्रेष्ठको प्रमुख आतिथ्यता तथा नगर अध्यक्ष छत्र बहादूर श...