बिर्तामोडमा शंखधर शाख्वाको तस्बिर सहित नेपाल संबतको रयाली

 


१७ कात्तिक,बिर्तामोड

नेवा:देय दबू बिर्तामोड नगर समितिले नेपाल संबत ११४५ को अवसरमा एक दिवशीय मोटरसाईकल रयाली आयोजना गरि उक्त रयाली सम्पन्न गरेको छ। नेपाल संबतका पर्बतक शंखधर शाखवाको तस्बिर सहित गाडी र मोटरसाईकलमा रयालीले बिर्तामोड नगरपालिकाको दशवटै वडा परिक्रमा गरेको हो। 

बिर्तामोडको कुशल होटलमा भेला भै बिर्तामोड,बुट्टाबारी,गरामनी, देउनिया,लखीबारी,सैनिक बजार,पत्थरभिट्टा भिमसेन मन्दिर चैतुबारी,बिर्ताबजार हुदै पून बिर्तामोड मूक्तिचोक पुगेर रयाली समापन गरिएको हो भने यस बिचमा पर्ने बिर्तामोड-९ लखीबारीको भिमसेन मन्दिरमा बक्ताहरुले शुभकामना दिनुको साथै त्यस मन्दिरका पुजारी जेष्ठय नागरिक पदम श्रेष्ठलाई नगद प्रदान सहित फूलमाला लगाई दिएर नेवाःदेय दबु नगर अध्यक्ष छत्र बहादुर श्रेष्ठले सम्मान जनाएका हुन्। सोही क्रममा बक्ताहरु अध्यक्ष छत्र बहादुर श्रेष्ठ, प्रदेश अध्यक्ष इन्द्र बहादुर श्रेष्ठ,बरिष्ठ उपाध्यक्ष रत्न कुमार श्रेष्ठ,नगर सल्लाहाकार यज्ञराज श्रेष्ठले शुभकामना मन्तब्य राखेका हुन्।

प्रदेश अध्यक्ष इन्द्र बहादुर श्रेष्ठको प्रमुख आतिथ्यता तथा नगर अध्यक्ष छत्र बहादूर श्रेष्ठको अध्यक्षतामा उद्घाटन गरिएको कार्यक्रममा नेवा देय दबू झापा जिल्ला बरिष्ठ उपाध्यक्ष तिलरूपा श्रेष्ठ,नगर सचिव दिलिप प्रधान,कोषाध्यक्ष मनकुमारी प्रधान, बिर्तामोड दशवटै वडाका प्रतिनिधी आदिबासी जनजाति महासंघ बिर्तामोड नगरका बरिष्ठ उपाध्यक्ष दिपेन्द्र चौधरी,सहसचिव लीला गुरुङ्ग, बिर्तामोड नगर वडा न.-५ का पूर्व वडा अध्यक्ष राजेन्द्र प्रसाद लिङ्गदेन,होटल ब्यबसायी जयनारायण गौतम लगायतको उपस्थिती रहेको हो।

 मूक्तिचोकमा भएको समापन कार्यक्रममा नेपाल संबत प्रति सरकारको द्वैध चरित्र रहेको साथै सम्पूर्ण नेपालीको नेपाल संबत हो यसलाई हामीले मान्य गर्नु पर्छ जबकि भारतमा समेत आफ्नै इस्वी सम्बत छ भने नेपालले आफ्नो नेपाल संबत संबिधान बोमजिम लागु किन नर्गने भनि प्रमुख अतिथि इन्द्र बहादुर श्रेष्ठले सरकारलाई प्रश्न गर्नु भयो  त्यस्तै अध्यक्ष छत्र  बहादुर श्रेष्ठले सभ्य शैलीमा सबैजना उपस्थित भएर नेपाल संवत ११४५ को रयालीलाई सफल बनाउने सम्पूर्णमा धन्यबाद ज्ञापन गरे साथै न्यूदया भिन्तुना अथवा नयाँ सालको शुभकामना प्रदान गरे भने कार्यक्रमको संचालन नगरसचिव जीवन श्रेष्ठले  गरेका हुन्। नेवारी समूदायले सगुन स्वरूप अण्डा,वासा,बजी,सिद्रा र भट्मास सगुन स्वरूप बाडिएको कार्यक्रममा लाखेबाजा समेत बजाइएको हो।


 


Comments

Popular posts from this blog

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते