प्रथमपटक बिराटपोखरीमा तीनसय लाईटको बालाचर्तुदशीमा आकर्षण

  



१३ मंसिर,झापा
बालाचतुर्दशी पर्वको निमित्त भगवानको नाममा बिर्तामोड-३ स्थित एतिहासिक,धार्मिक,पर्यटकिय स्थल बिराटपोखरीमामा प्रथम पटक तीन सयवटा टियूनिङ्ग लाईट जडान गरेर आकर्षक तरिकाले सजाईएको छ। उक्त लाईट जडान गरिएपछि बालाचर्तुदशीको पूर्व सन्ध्यामा बिराटपोखरी आकर्षक र झलमल्ल हुने भएको  हो।

उक्त लाईट जडान गर्ने भद्रपुरका ठेकेदार रामू सहनीका अनुसार तीन सयवटा टियुनिङ्ग लाईटको माला करिब तीन सय मिटर लम्बाई र बारह फिट चौडाई भएको पोखरीको दक्षिण पट्टिको सडकमा आकर्षक तरिकाले जडान गरिएको उनले बताए । उनका अनुसार यस लाइटिङ्गको अनुमानित खर्च पचास देखि साठी हजार रुपैया सम्म पर्ने जनाए भने सातवटा रङ्गमा  बत्ति बल्ने पनि जानकारी दिए । १३ गते बुधबार साँझ सम्म लाइटिङ्ग जडानको सम्पूर्ण कार्य सकिने र १४ गते साँझको बालाचर्तुदशीको कार्यक्रम समापन भए पश्चात उक्त लाईट निकालिने उनको भनाई छ।

बिराटपोखरी सरोबर बहुउदेशयिय बिकाश समितिले भने यस अघिनै बालाचर्तुदशी पर्बको अवसरमा बिराटपोखरी परिसरलाई आकर्षक र सुन्दर देखाउन पूर्वसन्ध्यामा टियुनिङ्ग लाइट जडान गर्ने निर्णय गरेको हो।







Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन