प्रथमपटक बिराटपोखरीमा तीनसय लाईटको बालाचर्तुदशीमा आकर्षण
१३ मंसिर,झापा
बालाचतुर्दशी पर्वको निमित्त भगवानको नाममा बिर्तामोड-३ स्थित एतिहासिक,धार्मिक,पर्यटकिय स्थल बिराटपोखरीमामा प्रथम पटक तीन सयवटा टियूनिङ्ग लाईट जडान गरेर आकर्षक तरिकाले सजाईएको छ। उक्त लाईट जडान गरिएपछि बालाचर्तुदशीको पूर्व सन्ध्यामा बिराटपोखरी आकर्षक र झलमल्ल हुने भएको हो।
उक्त लाईट जडान गर्ने भद्रपुरका ठेकेदार रामू सहनीका अनुसार तीन सयवटा टियुनिङ्ग लाईटको माला करिब तीन सय मिटर लम्बाई र बारह फिट चौडाई भएको पोखरीको दक्षिण पट्टिको सडकमा आकर्षक तरिकाले जडान गरिएको उनले बताए । उनका अनुसार यस लाइटिङ्गको अनुमानित खर्च पचास देखि साठी हजार रुपैया सम्म पर्ने जनाए भने सातवटा रङ्गमा बत्ति बल्ने पनि जानकारी दिए । १३ गते बुधबार साँझ सम्म लाइटिङ्ग जडानको सम्पूर्ण कार्य सकिने र १४ गते साँझको बालाचर्तुदशीको कार्यक्रम समापन भए पश्चात उक्त लाईट निकालिने उनको भनाई छ।
बिराटपोखरी सरोबर बहुउदेशयिय बिकाश समितिले भने यस अघिनै बालाचर्तुदशी पर्बको अवसरमा बिराटपोखरी परिसरलाई आकर्षक र सुन्दर देखाउन पूर्वसन्ध्यामा टियुनिङ्ग लाइट जडान गर्ने निर्णय गरेको हो।
Comments
Post a Comment