के के कार्यक्रम छन् बालाचर्तुदशीमा बिराटपोखरीमा ?





७ मंसिर,बिर्तामोड
बिराटपोखरी सरोबर बहुउदेश्यीय  बिकास समिति र सोही स्थानको ज्योर्तिलिङ्ग समावेशी कृतन मण्डलीको सह आयोजनामा बिर्तामोड-३ स्थित धार्मिक तथा एतिहासिक बिराटपोखरीमा बालाचर्तुदशी पर्वको पूर्व सन्ध्यामा भजन कृतन र पितृहरुको नाममा रातभर दिप प्रज्वलन गरि भोली पल्ट गत बर्षझैं यस बर्ष पनि बिहान सदबिज छर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ। सो कार्यक्रमको लागि सम्पूर्ण भक्तजनहरुलाई आयोजकको तर्फबाट उक्त दिन उपस्थिती भैदिन आब्हान गरिएको हो।

बिराटपोखरी सरोबर बहुउदेश्यीय बिकास समितिका सचिव जगनाथ भट्टराईका अनुसार गत बर्षहरुझैं यसबर्ष पनि बिराटपोखरीमा बाला चर्तुदशी पर्ब मनाउन निरन्तरता दिदै सोही कार्यक्रमलाई लक्षित गरिआगामी मंसिर तेरह गते बिभिन्न संघ संस्थाको सहयोगमा पोखरी परिसर बृहत सरसफाई गरिने जानकारी दिए। न्यूनतम एक हजार भन्दा बढिनै भक्तजनले बिराटपोखरीमा बाला चर्तुदशीमा सदबिज छर्ने गरेको समेत उनले बताए। सदबिज छर्ने दिन बिहान पोखरीको गेट तीन बजे देखिनै भक्तजनको लागि खुल्ला गरिने  उनको भनाई छ। सरोबरका अध्यक्ष इन्द्र प्रसाद प्रसाई बिदेश भ्रमणमा रहेपनि सोदिन सम्ममा आईसक्ने  उनले बताए।

त्यस्तै आयोजक बिराटपोखरी सरोबर बहुउदेश्यीय बिकाश समितिका सह-सचिव अर्जुन उप्रेतीको भनाई अनुसार सोही कार्यक्रमको लागि पोखरी सरसफाई गर्ने, सजाउने,लाइटिङ्ग गर्ने,समेना लगाउने आदि कार्य गरिने निर्णय भैसकेको जनाईएको हो। त्यस्तै स्थानिय भजन कृतन मण्डलीहरुलाई निमन्त्रणा गरेर भजन कृतनमा साँझ समाबेश भएर सहयोग गरे बापत सम्मान स्वरूप प्रमाण पत्र प्रदान गरिने समेत निर्णय भएको जानकारी उनले गराए  । यसको लागि सम्पूर्ण कृतन मण्डलीहरुलाई खबर गरि सकिएको उनको भनाई छ।

त्यसै गरि बालाचर्तुदशी पर्बको पूर्व सन्ध्यामा बिराटपोखरी क्षेत्रमै अबस्थित बिश्व हिन्दु महासंघको पंचमुखी बजरंगबली शिव पाञ्चायन मन्दिरमा समेत सॉझ भजन कृतन र दिप प्रजवलन गरिने कार्यक्रम रहेको जनाईएको छ। भजन कृतनमा स्थानिय कृतन मण्डलीको सहभागिता रहने  बिश्व हिन्दु महासंघ झापा अध्यक्ष मोहन उप्रेतीले जानकारी गराए। साथै भोली पल्ट बिहान बालाचतुर्दशीको दिन बिहानै त्यस क्षेत्रमा समेत सदबिज छर्ने कार्यक्रम रहेको सोही समितिका बजरंगबली कृतन मण्डली अध्यक्ष राधिका संग्रौलाले जानकारी गराईन् ।सॉझ र  बिहानको कार्यकममा उपस्थित हुन स्थानिय कृतन मण्डलीहरु र भक्तजनहरुलाई जानकारी गराई सकिएको उनको भनाई छ। विश्वहिन्दु महासंघ पंचमुखी मन्दिर र बिराटपोखरी नजिकै छन्।

 बिराटपोखरी क्षेत्रमा बर्षै पिच्छे बालाचर्तुदशीको पूर्व सन्ध्यामा जाग्राम बसि दिवगंत पितृहरुको संझना र उद्दार हेतु दिप प्रज्वलन गरि बालाचर्तुदशीको बिहान  सदबिज छर्न स्थानिय लगायत टाढाटाढा बाट  भक्तजनहरुको उपस्थिति रहने गरेको छ । यसो गर्नाले पितृ उद्दार हुन्छ भन्ने मान्यता हिन्दु धर्ममा रही आएको हो। 





Comments

Popular posts from this blog

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते