शिक्षासेवी तथा साहित्यकार देशु वनेमलाई मातृशोक
११ मंसिर,बिर्तामोड
श्री महेन्द्र ज्योती माध्यमिक बिद्यालय बिर्तामोड-१० सैनिक बजारका पूर्व प्र अ,साहित्यकार तथा शिक्षासेवी देशु वनेमलाई मातृ शोक परेको छ। उहाँको ममतामयी माता सीता देवि लिम्बु (जम्दारनी बोजु) को गए राती मंसिर १० गते बिर्तामोड-१० सापडिग्री स्थित निजि निवसमा स्वर्गारोहण भएको पारिवारिक श्रोतले जनाएको हो। उहाँ केही दिनदेखि अस्वस्थ्य हुनु भएको हो ।
स्व. सिता देबि लिम्बुको पार्थिव शरिरको दहसंस्कार किरात धर्म संस्कार अनुसार निजि निवास नजिकै गरिने भएको समेत जनाईएको छ।
साहित्यकार देशु बनेमद्वारा स्व. आमाको स्मृत्तिमा रचिएको कबिता
सुत आमा सुत!
अब तिमीले कहिल्यै बिउँझनु पर्दैन
न आगोले पोल्छ
न जाडोले पोल्छ
न पीडाले दुखाउँछ
न बिरहले रुवाउँछ
अब तिमीले कहिल्यै आँसु खसाल्नु पर्दैन
अब चिर निन्द्रामा सुत
अब हरेक बिहान तिमीले उठ्नु पर्दैन
जीवनसित तिमीले जुझ्नु पर्दैन
सुत आमा सुत!
अब कहिल्यै बिउँझनु नपर्ने स्वर्गीय निन्द्रामा सुत !
सधैं जस्तै भोलि पक्कै बिहान हुनेछ
तिमीले रोपेका फूलहरुले
तिमीलाई पक्कै खोज्लान्
तिमीले सुम्सुमाएका बस्तुभाउहरुले
पक्कै तिमीलाई सोध्लान्
त्यसबेला तिम्रो सम्झनामा
धर्ती रोएर फेरि अर्को फूल रोप्ला
आमा,अब सुत
निश्चिन्त भएर त्यो स्वर्गीय निन्द्रामा सुत
आमा सुत !
Comments
Post a Comment