बिर्तामोड-१० बिराटपोखरका यादब बाख्राको खोरमा मृत भेटिए


 १६ कात्तिक,बिर्तामोड

 बिर्तामोड १० विराटपोखरमा मादक पदार्थ सेवन गरी सुतेका एक व्यक्ति बाख्राको खोरमा मृत भटिएका छन् ।

आज बिहान अन्दाजी ७.३० बजेको समयमा बिर्तामोड–१० बिराटपोखरस्थित हृदयराज पाठकको बाख्राखोरमा भारतीय नागरिक ३५ वर्षीय सन्तोष यादव मृत अवस्थामा फेला परेका हुन् ।भारत सितामढी आनन्दगंज घर भई बिगत ५–६ बर्षदेखि सोही ठाउँमा इन्द्रप्रसाद संग्रौलाको जग्गा भाडामा लिई उनले पुल्लीवाल खेतीबारीको काम गर्दै आएका थिए ।

प्रारम्भिक कानुनी प्रकृया पूरा गरी शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल पठाईएको इप्रका बिर्तामोडले जनाएको छ ।

Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन