बिर्तामोडमा गधाले बाईक लडायो,तिर्नुपर्ने भयो मर्मत खर्च
१० मंसिर,बिर्तामोड
बिर्तामोड-३ सतानुबारी सैनिकमोडमा गधाले मोटरसाईकललाई लडाईदिदा गधा मालिकले मोटरसाईकल धनीलाई मर्मत खर्च तिरिदिनु पर्ने भएको छ। आज साँझ दुईवटा गधाको खुट्टामा बाधेर राखेको डोरीमा हिडिराखेको गधाले पार्किङ्ग गरिराखेको दुईवटा मोटरसाईकललाई लडाईदिएको हो। लडेको मोटरसाईकलमा सामान्य क्षति पुगेको छ।
सोही स्थान निबासी प्रेम नेपालीको मे ४ प ९७६९ न. को १२५ सिसिको डिस्कभर बाईक र सहदेव राजबंशीको प्र १-०१-०१३ प २८ न. को २२० सिसिको पल्सर मोटर साईकललाई लडाएको हो। दुबै मोटरसाईकल सैनिकमोड स्थित राजेश राजबंशीको चिया पसल अगाडी पार्किङ्ग गरिएको हो भने डिस्कभर बाईकको अगाडीको भाइजर र पल्सर बाईकको पछाडीको नम्बर शो गर्ने लाईट भाचिएको हो।
Comments
Post a Comment