कियाचु बिर्तामोड-१० द्वारा पत्रकार एबं चौबिस कलाकार साथै सहयोगीलाई सम्मान
१ मंसिर,बिर्तामोड
किरात याक्थुङ्ग चुम्लुङ्ग बिर्तामोड-१० शाखाले आयोजना गरेको बलिहाङ तङनाम येलेतङवे ५०८४ तथा शुभ दिपावली २०८१ देउसी भैलोका कलाकार एबं सहयोगी साथै एक पत्रकारलाई समापनको अवसर पारेर सम्मान गरेको छ। गत दिपावलीमा सो शाखाद्वारा सार्बजानिक रूपमा देउसी भैलो तथा नृत्य कार्यक्रम आयोजना गरिएको र सोही टिममा सहभागी कलाकार एबं सहयोगीहरु साथै पत्रकार समेतलाई सम्मान गरेको हो।
शाखाले नृत्यमा सहभागी कलाकारहरु क्रिष्टिना योङ्गहाङ्ग, कियाति योङ्गहाङ्ग,इच्छा बेघा,आरती राई,सम्रिका लोक्ताम,अर्पा राई, गाजल लिम्बु,साक्तिम लिम्बु,देबिका तामाङ्ग,माया तामाङ्ग,शितल जबेगु, पूर्णिमा राई,श्रृजना राई,नितिन जबेगु, आकृति वनेम,समृद्धि लिम्बु,बिमा गुरुङ्ग,मेनुका चम्लागाँई,स्मृति लिम्बु, रोशिका राई,सुबिना लिम्बु,निशा जबेगु,पुरण जबेगु र सुजन लिम्बुलाई सम्मानपत्र सहित नगद प्रदान गरेर सम्मान गरेको हो।त्यसै गरि सहयोगीहरु साउण्ड अप्रेटर महेश बानिया,दिपेन साउण्ड सिस्टम बिर्तामोड-१० सैनिक बजारका प्रोपाईटर दिपेन विश्वकर्मा,यातायात ब्यबयासयी सहयोगी भक्त राजबंशी, कियाचु बिर्तामोड-१० सचिव सन्तोष बेघा,सहसचिव बर्षा योङ्गहाङ्ग,सदस्य गोपी सेलिङ्ग र पत्रकार सुरेश आले "सर्जु" लाई सम्मान गरेको हो। उनीहरुलाई समेत कार्यक्रममा नगद र सम्मानपत्रले सम्मान गरिएको हो।
कियाचु बिर्तामोड-१० सहसचिव बर्षा योङ्गहाङ्ग लिम्बुद्वारा बाचन गरिएको सम्मान पत्र कियाचु बिर्तामोड-१० शाखा अध्यक्ष चाम बहादुर जबेगु, देउसी भैलो कार्यक्रम संयोजक बेद बहादुर तेयुङ्ग लिम्बु, सल्लाहाकार संयोजक रिमान ध्वज लिम्बु,सदस्य गृवराज कन्दङ्गवा, समाजसेवी मोती थेगिम,लोक बहादुर थेगिमको हातबाट प्रदान गरिएको हो।
बिर्तामोड-१० मा किरात याक्थुङ्ग चुम्लुङ्ग बिर्तामोड-१० शाखाको आयोजनामा यस बर्षको दिपावलीमा भब्य रुपमा देउसी भैलो सहित नृत्य कार्यक्रम गरिएको हो। वडा भरिका किरात याक्थुङ्गका सदस्यहरुको सहभागितामा देउसी भैलो तथा नृत्य कार्यक्रम गरिएको जनाईएको हो भने सो कार्यक्रम बिर्तामोड-१० का बिभिन्न स्थानहरुमा गरिएको हो । सोही स्थानमा सामूहिक रुपमा शाखाको कोष बृद्धि गरि असहायलाई सहयोग गर्ने उद्देश्य सहित दक्षिणा समेत संकलन गरिएको किरात याक्थुङ्ग चुम्लुङ्ग बिर्तामोड-१० शाखाका अध्यक्ष चाम बहादुर जबेगुले बताए । साथै उनले देउसी भैलो तथा नृत्यमा सहभागी कलाकार सहित सहयोगीहरुलाई धन्यबाद प्रदान गरे। त्यस्तै सल्लाहाकार संयोजक रिमान ध्वज लोक्तामले कियाचु बिर्तामोड-१० शाखाले प्रथम पटक आयोजना गरेको देउसी भैलो तथा नृत्य बलिहाङ्ग तङ्गनाम सफलता पूर्वक सम्पन्न भएको जनाउँदै सहयोगी पत्रकार आले सहित सबैमा आभार प्रकट गरे । देउसी भैलो कार्यक्रममा मिडियाकर्मी आलेले गरेको सहयोग साथै अन्य नृत्य कलाकार तथा सहयोगीको खुलेर प्रशंसा गरे।
कियाचु बिर्तामोड-१० शाखा अध्यक्ष चाम बहादुर जबेगुको अध्यक्षता र शाखा भवन जर्मन डाँडामा सम्पन्न समापन कार्यक्रममा कियाचु बिर्तामोड -१० सदस्य कृति लिम्बु, खेलकुद बिकाश समिति बिर्तामोड -१० अध्याक्ष सुरेन तुम्रुक अभिभावक चन्द्र बहादुर लोक्ताम लगायतको उपस्थिति रहेको हो ।
कलाकार आरती र साथीले गोर्खे खुकुरी बोलको गीतमा नृत्य प्रश्तुत गरिएको साथै सामूहिक नृत्य गरि मनोरन्जन प्रदान गरिएको कार्यक्रममा कार्यक्रमको औचित्य माथि प्रकाश देउसी भैलो बिर्तामोड -१० कियाचु संयोजक बेद बहादुर तेयुङ्ग र स्वागत कियाचु सदस्य गृवराज कन्दङ्गवा साथै संचालन सचिव सन्तोष बेघा र सह सचिव बर्षा योङ्गहाङ्गले गरेका हुन्।
आयोजकको तर्फबाट यस बर्षको मूल नारा नाँचौ र नचाँऔ आफ्नो संस्कृति बचाँऔ भन्ने रहेको हो भने यस कार्यक्रममा बिभिन्न क्षेत्रका कलाकारहरुले साथ दिएको जनाईएको हो।
Comments
Post a Comment