बिर्तामोड-९ को भत्किएको कल्भर्टमा दुर्घटना बढेपछि बाँसको ढाट

 


१६ मंसिर,झापा

बिर्तामोड नगरपालिका वडा न.-९ बिराटपोखरदेखि कोलाटोली सडक खण्डको बद्रिबारी टोलमा बर्खाको समयमा भत्किएको कल्भर्ट हालसम्म पनि मर्मत गर्न स्थानिय सरकारले चासो नदेखाएको र उक्त स्थानमा सवारीसाधन चल्ने क्रममा भत्किएको सडक नदेखेर आकस्मिक दुर्घटना बढेको भन्दै स्थानियले बाध्य भएर बाँसको ढाट लगाएका छन्। भत्किएको सडक दक्षिणपट्टि उकालो भएको कारणले दक्षिण पट्टिबाट आएका सवारी साधन भत्किएको सडक नदेखेर सरासर आउदा धेर मत्रामा दुर्घटनामा पर्ने गरेको स्थानियले जनाएका हुन्। सो स्थानमा आजकल  दुर्घटना बढेको समेत उनीहरुले जनाए।

दुर्घटना बढेपछि स्थानियले भत्किएको स्थानको दक्षिणपट्टि बाँसको ढाट लगाएर सडक भत्किएको छ भनेर संकेत गर्ने खोजेका हुन् । साथै डाइभर्सनबाट सवारी साधन चलाउन जानकारी दिइएको जनाईएको हो। स्थानिय तेज प्रसाद सिटौलाले जनाए अनुसार बिर्तामोड-१० निबासी राम प्रसाद खनाल र बद्रीबारी टोल बिकाश संस्थाका सचिव बाल कृष्ण आलेको  नेतृत्वमा आएका यूवाहरुले १५ गते शनिबार बिहान ढाट लगाएकाे सिटौलाले बताए।

केही दिन अघि स्थानिय एक शिक्षक सोही स्थानमा दुर्घटनामा परेका र त्यस अघि समेत अन्य दुर्घटना भैरहेकोले बद्रीबारी टोल बिकाश संस्थाका सचिव बालकृष्ण आलेले  सो भत्किएको कल्भर्ट मर्मतको लागि वडा र नगरलाई अब थप दवाब दिईने समेत बताए।


Comments

Popular posts from this blog

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते