बिराटपोखरीमा भजनको साथ सम्मानको कार्यक्रम


 १५ मंसिर,झापा

बिर्तामोड-३ स्थित एतिहासिक धार्मिक तथा पर्यटकिय स्थल बिराटपोखरीमा बालाचर्तुदशीको पूर्व सन्ध्यामा बिराटपोखरी सरोबर बहुउद्देश्यीय बिकाश समितिको आयोजनामा भजन कृतनको साथमा सम्मानको कार्यक्रम सम्पन्न गरिएको छ। बालाचर्तुदशीको पूर्व सन्ध्यामा बिराटपोखरीमा पितृहरुको नाममा दिप प्रज्वलन गर्न आउने भक्तजनहरुको सहजताको निमित्त उक्त कार्यक्रमको आयोजना गरिएको आयोजकले जानकारी गराएको हो। सोही कार्यक्रममा स्थानिय कलाकार र कृतन मण्डलीहरुले भजन कृतन प्रश्तुत गरेका हुन्।

कार्यक्रममा स्थानिय सत्रवटा कृतन मण्डलीले भजन कृतन प्रश्तुत गर्नुका साथै  कलाकार शुशिल चूडाल समेतले भजन गाएर उपस्थित दर्शकलाई नचाए । उक्त कार्यक्रममा प्रत्येक कृतन मण्डलीलाई प्रमाणपत्रद्वारा सम्मान गरिएको आयोजकका तार्फबाट समितिका सहसचिव अर्जुन उप्रेतीले जानकारी गराए ।

कार्यक्रममा बिर्तामोड वडा न.-३ वडा सदस्य हरि बास्कोटा,नेकपा माओबादी केन्द्र बिर्तामोड नगर इन्चार्ज मदन सुब्बा,राप्रपा बिर्तामोड नगर अध्यक्ष रन्जु प्याकुरेल,नेकपा एमाले बिर्तामोड अध्यक्ष सुबास भट्टराई लगायतले शुभकामना मन्तब्य राख्दै सबै तह र तप्काबाट धार्मिक तथा एतिहासिक बिराटपोखरीको बिकाश हुन जरूरी रहेको धारणा राखे र सो कार्यको लागि समितिले गर्दै गरेको कार्यको सरहाना गरे।

आयोजक समितिका अध्यक्ष इन्द्र प्रसाईको अध्यक्षता र समाजसेवी जलकुमार गुरुङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि गुरुङ्गले बिराटपोखरीको आधुनिक तरिकाले बिकाश गर्न सरकारले प्रयाप्त बजेट छुट्टयाउन बिलम्ब गरेको औल्याए भने अध्यक्ष इन्द्र प्रसाईले जति बिराटपोखरीको बिकाशको लागि गर्न खोजेको त्यत्ति बिकाश गर्न नसकिएको जनाए । धार्मिक पर्बहरु भने बर्षे पिच्छे बिराटपोखरीमा आयोजना गरिदै आएको  उनले जानकारी दिए।

समितिका सचिव जगनाथ भट्टराइले स्वागत गरेको र औचित्य माथि प्रकाश अध्यक्ष प्रसाईले गरेको कार्यक्रमको संचालन  समितिका सहसचिव अर्जुन उप्रेतीले गरेका हुन्।



Comments

Popular posts from this blog

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते