बिर्तामोड-१० ठूट्टेबरमा सुतेकै अवस्थामा एक व्याक्ति मृत फेला
३ मंसिर,बिर्तामोड
बिर्तामोड–१० ठुट्टेबरमा सुतेकै अवस्थामा एक व्यक्ति मृत फेला परेका छन् । हिजो बिहान अन्दाजी ५.०० बजे बिर्तामोड नगरपालिका वडा नम्बर-१० ठुट्टेबर बस्ने कृष्ण न्यौपानेको घरमा काम गर्ने भारतीय नागरिक सुतेकै अवस्थामा मृत फेला परेका हुन् । बिगत १४–१५ बर्षदेखि न्यौपानेको घरमा बसेर काम गर्दै आएका भारत डुर्बस बाख्राकोट मालबजार घर बताउने अन्दाजी ५५ वर्षका समस भनिने समरा उराउ सुतिरहेको स्थानमा मृत फेला परेपछि घरधनीले प्रहरीलाई खबर गरेका थिए ।
थप अनुसन्धान तथा कानुनी प्रक्रियापश्चात् शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए । उराउ अत्यधिक मदिरा सेवन गर्ने गरेका थिए । मदिरा सवेन गरेकै कारण उनको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ ।
Comments
Post a Comment