यसरी बनाउनुहोस् छठ पर्वको ठेकुआ
२२ कात्तिक,झापा
छठ पूजा देशको बिभिन्न भागमा मनाईन्छ र सूर्य देव र छठी मैयामा समर्पित यो तिहार विशेष व्यंजनको बिना अधूरो पनि हुने गर्छ। यस मध्येमा पर्ने एक व्यन्जन हो ठेकुआ।
छठमा बनाईने परंपरागत व्यंजन पूर्ण सात्विक तरीकाबाट तयार गरिन्छ। अथवा यसमा प्याज र लहसुनको प्रयोग भएको हुदैन। अनुष्ठानिक महत्वको साथसाथै यो खाद्य पदार्थ स्वास्थ्यको दृष्टीकोणले पनि उपयोगी छ। किनकी छत्तिस घण्टा सम्म बिना भोजन र पानीको साथ ब्रतबसि सकेपछि मात्र यसलाई सेवन गरिन्छ ।
पेश छ छठमा बनाईने ठेकुवा रेसिपी, बनाउने बिधि जो बनाउन आसान र पौष्टिक पनि छ । यसलाई बनाऔं र स्वाद लिउँ।
सब भन्दा पहिला कराईमा केहि पानी उमाल्नुहोस् र थोरै थोरै सख्खर यसमा मिलाउनुहोस् र यसलाई घोल्नुहोस् । त्यसपछि यसमा आटा मिसाउनु होस्। गुड़ र आटाको मिश्रण 1:2 को अनुपातमा हुनु पर्दछ। हलुका सौंफ मिसाएर यसलाई चलाउनुहोस् । ठेकुआलाई कुरकुरा बनाउनको लागि यसमा घिउ मिसाउनुहोस्।
यस पछि स सानो सानो गोलिया बनाएर यसलाई ठेकुवाको रूप बनाएर चेप्टो पारेर घिउ अथवा रिफाइन्ड तेलमा डिप फ्राई गरेपछि ठेकुवा तयार हुन्छ । यसैलाई छठ पर्बको प्रसादको रुपमा ग्रहण गरिन्छ।
ठेकुआ गहूंको आटा र गुड़ बाट बनाईन्छ।
Comments
Post a Comment