बिष्णु भगवती स्कूलद्वारा सेवाको कार्य सम्पन्न
१६ मंसिर,झापा
बिष्णु भगवती इङ्गलिस स्कुल बिर्तामोड-१० बिराटपोखरका विद्यार्थीहरुले अर्जुनधारा-६ कप्तानबारी स्थित अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रका बालबालिकाहरुलाई खाद्यान्न,दैनिक प्रयोगका साथै शैक्षिक सामाग्री सहयोग गरेका छन् । विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञान संगसगै ब्यवहारिक र सेवाको भाव सिकाउने उद्धेश्यका साथ उक्त सामाग्री सहयोग गरिएको जनाईएको हो। यस प्रकारको प्रेरणादायी कार्यमा सहभागी हुन स्वयं विद्यार्थीहरुनै उत्साहित भएको र आफैले अभिभावकको सहकार्यमा सहयोग सामाग्री जुटाइएको जनाईएको हो।
अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रका संस्थापक कृष्ण देव दुलालको अध्यक्षतामा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा विद्यार्थीहरुबाट संकलित चामल - १३७ केजि, मुसुरो दाल ५ केजि, खानेतेल ६ लिटर, नुन ३९ प्याकेट,आटा १२ केजि,चिनी ४ केजि लगायत अन्य खाद्य सामाग्रीहरु च्युरा,मुराही,बिस्कुट बेसार,प्याज,लसुन,भुजिया,आलु, कागती साथै दैनिक प्रयोगका सामाग्री टुथ पेस्ट,ब्रश,साबुन,सेम्पु,आदि लगायत शैक्षिक सामाग्री कपि,कलम,पेन्सिल जस्ता सामाग्रीहरु र विद्यार्थी,शिक्षक कर्मचारीहरुबाट साथै बिद्यालयको तर्फबाट संकलन गरिएको नगद रकम अपाङ्ग बाल गृहमै गएर हस्तान्तरण गरिएको विद्यालयका संस्थापक प्रिन्सिपल पुण्य प्रसाद उप्रेतीले जानकारी गराए ।
अपांङ्ग तथा विशेष क्षमता भएका तेरह जना बालबालिकाहरुलाई प्रत्यक्ष भेटेर आफुले सकेको सहयोग गर्न पाएकोमा आफूहरु अत्यन्तै खुशी भएको बिष्णु भगवती विद्यालयका विद्यार्थीहरुले जानकारी गराए साथै आगामी दिनहरुमा समेत यसरी नै मानबिय सेवा र सत्कर्म गर्ने अवशर जुटाइदिन विद्यालय परिवारलाई आग्रह समेत गरे ।
कार्यक्रममा बिद्यालयका प्र.अ. पुण्य प्रसाद उप्रेती,संस्थापिका बिष्णु दाहाल,कक्षागत शिक्षकहरु र अतिरिक्त क्रियाकलाप संयोजक शिक्षक दिनेशराज शर्मा सहितको उपस्थिति रहेको हो भने कार्यक्रमको संचालन बिष्णु भगवती बिद्यालय बाल क्लब अध्यक्ष अनुजा दाहालले गरेकी हुन् ।
Comments
Post a Comment