झापा नेत्रहिन संघको साधारण सभामा सम्मान सहितको अन्य कार्यक्रम
१ पौष,झापा
संघका अध्यक्ष होमनाथ राजबशीको अध्यक्षता तथा कोशी प्रदेश खानेपानी मन्त्री एकराज कार्कीको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि कार्कीले पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरिएको हो।
समाजसेवी व्यक्तित्व जयनारायण ढुङ्गाना र रामचन्द्र उप्रेतीलाई दोसल्ला ओढाई सम्मानपत्र प्रदान गरेर सम्मान जनाईएको कार्यक्रममा इनर विहल कल्व बिर्तामोड मिडटाउनको तर्फबाट नेत्रहिन सदस्यहरुलाई पैतालिस थान न्यानो कपडा ज्याकेट बितरण गरिनुका साथै तीनजना नेत्रहिन उच्च शिक्षा अध्ययनरत बिर्धाथीलाई छात्रबृति रकम समेत बितरण गरिएको कार्यक्रममा समाजसेवी जयनारायण ढुङ्गानाको तर्फबाट नेत्रहिन उपस्थित सदस्यहरुलाई जनही एकसयको दरले चिया खर्च स्वरूप करिब आठ हजार भन्दा बढी रकम प्रदान गरिएको हो।
प्रमुख अतिथि खानेपानी मन्त्री कार्कीलाई नेत्रहिन सदस्यहरुले यसअघि तालिममा बनाएको कुचो सम्मान स्वरूप मायाको चिनो प्रदान गरिएको कार्यक्रममा अध्यक्ष होमनाथ राजबंशीले अठारौं साधारण सभामा आईपुग्दा सम्मका तिता मिठा अनुभव र कथाहरु सुनाएका हुन् त्यस्तै मन्त्री कार्कीले संघको सो भवनमा तातो चिसो र मनतातो खानेपानी जडानको ब्यबस्था गरिदिने प्रतिबद्धता व्यक्त गरे भने संघका उपाध्यक्ष होमनाथ खतिवडाले उपस्थितलाई स्वागत गरेको खुला सत्रको कार्यक्रमको संचालन सचिव दिल राजबंशीले गरेका हुन्। खुला सत्रपछि बन्द सत्रको कार्यक्रममा संघको भाबी कार्यक्रम तथा नितीको बारेमा छलफल गरिने समेत सचिव राजबंशीले जानकारी दिए भने कार्यक्रममा संघका पदाधिकारी, सदस्य लगायत बिभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको हो।
Comments
Post a Comment