झापामा अर्का संग्रौला जो नाकले मुरली बजाउँछन

लक्ष्मी संग्रौला

१३ पौष,झापा
-सुरेश आले"सर्जु"

झापामा नाकले मुरली बजाउने देखि लिएर संगीतका बिभिन्न बाजा बजाउने लगायत  नेपाली मौलिक बाजा संरक्षणमा लागी परेका व्यक्तिको नाम लिनु पर्दा झापा सहरेडॉगीका मातृका संग्रौलालाई चिनिन्छ । उनी यस क्षेत्रका चिर परिचित नाम हुन्। तर केही दिन यता यस्तै सांगितिक क्षेत्रमा  लगभग मातृका संग्रौलाकै जस्तो मिल्ने जुल्ने गरि यसै क्षेत्रमा लागिपरेका अर्का एक संग्रौला थरका व्यक्तिको समेत हाल चर्चा नगरी रहन नसकिने भएको छ। उनी हुन् झापा -१०  बिर्तामोड बिराटपोखर निबासी लक्ष्मी संग्रौला ।

हाल लक्ष्मी संग्रौला मातृका संग्रौलाकै पंचेबाजा टिममा सहनाई बादकको रुपमा कार्यरत छन्। यसबाहेक उनी आफ्नै अन्यत्र कार्यक्रममा समेत बाजा बजाउँछन् । उनलाई मातृकाको टिममा झट्ट देख्नेले सहनाईको सुरिलो धुनमा सहनाई बजाउँदै गरेको सम्झन्छन् । हुन पनि सहनाई ओठमा च्यापेर मौलिक धुनसंग पोरा साटेपछि र पन फेरे पछि जोसुकै श्रोताको ध्यान उनले खिच्न सक्छन् । भन्छन् बिहेमा एक दिन सहनाई बजाए बापत रु.पाँच हजार रुपैया सम्म पारिश्रामिक लिने गरेको छु। पछिल्लो समयमा लक्ष्मी सहनाईमै अभ्यासरत छन्। मातृकालाई भने उनी सहनाई लगायतका बाजा बजाउन प्रेरणा दिइरहने प्रेरणादायक व्याक्तित्वको रूपमा संझने गर्छन । 

सहनाई बाहेक लक्ष्मीले हारमोनियम,किबोर्ड,गिटार,ढोलक,सारंगी, बाँसुरी,बच्छे बाजा,पंचे बाजाका सेट, मेन्डोलियम,मसाक,सितार लगायतका धेरै नेपाली मौलिक बाजा आफूले बजाउन सक्ने बताए साथै आफ्नो साथमा रहेको सहनाई,ढोलक, हारमोनियम,बच्छे बाजा,बाँसुरी र मुरलीको मिठो धुन बजाएर सुनाए। त्यै क्रममा उनले नाकले मुरली समेत बजाएर पर्दशन गरेका  हुन्।

२०२८ सालमा पाँचथरको सुभाङ्गमा जन्मिएका लक्ष्मीले आठ नौ बर्षको कलिलो उमेरदेखि नै बाद्यबादन सामाग्रीसंग आफू परिचित रहेर ती बाद्यबादन बजाउन सिक्ने प्रयास गरेको सुनाए। गाँउमा लट्टे नामको एकजनादाईको सहारामा सो उमेरमा मुरली बजाउन र मुरली बनाउन सिकेको बताए। त्यस पश्चात स्कूलमा शिक्षकहरुले बजाएको हारमोनियम देखेर पनि उनी प्रभावित भएको सुनाए र बेला बेलामा स्कूलमा सरहरुको आँखा छलेर आफूले सो स्कूलको हारमोनियम जानी नजानी बजाएको सुनाए।  तत्पश्चात बुबा बिष्णु प्रसाद संग्रौलाले त्यो समयमा रु.चार सय खर्चिएर किनेर घरमा राखेको बिना कम्पनीको हारमोनीयम लुकीछीपी बजाएको स्मरण सुनाए र क्रमश: हारमोनियम बजाउन सिक्दै सो बाजा सहित अन्य बाजा बजाउने क्रम बिकशित भएको समेत उनले सुनाए ।

सम्पूर्ण परिवार पाँचथरबाट झापा झरेपछि आफू काठमाण्डौं हुदै पढाई साथसाथै काठमाण्डौ र काभ्रेमा रही  डिग्री सम्मको औपचारिक शिक्षा पुरा गर्दै शिक्षण पेशा साथसाथै बाद्यबादन बजाउन लागिपरेको सुनाउने लक्ष्मीले हाल आफू केही महिना अगाडी मात्र झापा आएको र मातृका संग्रौलाजीको नौमति बाजा टिममा सहभागिता जनाएको बताए। त्यसपछि भने  मातृका संग्रौलाजीकै प्रेरणाले सहनाई बजाउन समेत सिकेको उनले  सुनाए।

काठमाण्डौंमा रहदा स्व.गुरु बिनय बर्मासंग शास्त्रिय संगीत सिकेको र आफूले समेत अरुहरुलाई शास्त्रिय संगीत साथसाथै बाद्यबादन बजाउन सिकाउने लक्ष्य भविष्यमा रहेको समेत बताउने लक्ष्मीले राम्रोसंग संगीतको नोट,स्केल सम्बन्धीको ज्ञान संगीत प्रशिक्षकसंग हुनुपर्ने धारणा राखे त्यो ज्ञान नभएको प्रशिक्षकले अरुहरुलाई राम्रोसंग प्रशिक्षण गराउन सक्दैन उनले भने। साथै सामान्य बाद्यबादनको मर्मतको ज्ञानसमेत प्रशिक्षकमा हुनुपर्ने बताए ।

हाल फुर्सदको समयमा झापा बिर्तामोड-१० बिराटपोखर क्षेत्रमा हुने गरेको भजनकृतनमा बाद्यबादन हारमोनीयम लगायत बाजा बजाउन ब्यस्त रहने लक्ष्मी गाँउघरको बिग्रिएको हारमोनीयम मर्मत गरिदिन र कोही बाद्यबादन बजाउन सिक्नेलाई प्रशिक्षण दिदै उनको दिन बित्ने गरेको सुनाउँछन् र भबिष्यमा अझ कम्मर कसेर संगीत क्षेत्रको श्रीबृद्धि तर्फ लाग्ने समेत उनले बताए ।





Comments

Popular posts from this blog

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते

साईराम टोल बिर्तामोड-१० का भिष्म मृत फेला