झापा कपको फाईनलमा चर्च ब्वाईज र एनआरटी आमने सामने हुने

  


६ पौष,झापा

न्यु रोड टिम (एनआरटी) झापाको बिर्तामोडमा आयोजना भएको झापा कपको फाइनलमा प्रवेश गरेको छ । जितसँगै एनआरटीले लिग विजेता चर्च ब्वाइज युनाइटेडसँगको भेट पक्का गरेको छ ।

एनआरटीले इटहरीको राष्ट्रिय जागृति क्लबलाई टाइब्रेकरमा ३–० गोल अन्तरले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो त्यस्तै चर्च ब्वाईजले शहलेस क्लवलाई सेमी फाईनलमा यस अघिको खेलमा हराएको हो ।

फाईनल खेल झापाको डोमालाल राजबंशी रंगशालामा पौष आठ गते सोमबार आयोजना हुने आयोजकले जानकारी दिएको हो।

Comments

Popular posts from this blog

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते