झापा कपको फाईनलमा चर्च ब्वाईज र एनआरटी आमने सामने हुने

  


६ पौष,झापा

न्यु रोड टिम (एनआरटी) झापाको बिर्तामोडमा आयोजना भएको झापा कपको फाइनलमा प्रवेश गरेको छ । जितसँगै एनआरटीले लिग विजेता चर्च ब्वाइज युनाइटेडसँगको भेट पक्का गरेको छ ।

एनआरटीले इटहरीको राष्ट्रिय जागृति क्लबलाई टाइब्रेकरमा ३–० गोल अन्तरले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो त्यस्तै चर्च ब्वाईजले शहलेस क्लवलाई सेमी फाईनलमा यस अघिको खेलमा हराएको हो ।

फाईनल खेल झापाको डोमालाल राजबंशी रंगशालामा पौष आठ गते सोमबार आयोजना हुने आयोजकले जानकारी दिएको हो।

Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया