बिराटपोखरी सरोबरको साधारण सभा सम्पन्न,प्रवेश शुल्क लगाउने बारे बिरोध
९ चैत्र,बिर्तामोड
सरोबरका अध्यक्ष इन्द्र प्रसाद प्रसाईको अधक्ष्यता र बिर्तामोड-३ का वडा अध्यक्ष मदन बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अध्यक्ष प्रसाईले प्रगति बिवरण तथा आर्थिक प्रतिबेदन प्रश्तुत गर्दै बिराटपोखरीकोलागि राष्ट्रपति चूरे तराई मधेश संरक्षण समितिबाट प्राप्त रु.अठार लाखबाट पोखरीको पूर्व तथा उत्तरको डिल पुर्ने काम,भित्रपट्टि चारसय फूट ब्लक बिच्छयाउने काम,पार्किङ्गको लागि उत्तरपट्टि बाहिर जग्गा ब्यबस्थापन गर्ने काम साथै आफ्नो श्रोतबाट मनोरन्जनको लागि दुईवटा फलामे पिङ्ग निर्माण गर्ने काम गरिएको र बिभिन्न चाडपर्ब तिज,बालाचर्तुदशी, शिवरात्रीको अवसरमा धार्मिक कार्यक्रम सम्पन्न गरिएको बताए भने आर्थिक बर्ष ८०/८१ को खर्च कटाएर रु.एकलाख चौवतर हजार नौसय तेइस र पैसा पाँच बचत मौज्दात रहेको जानकारी गराए।
त्यस्तै आगामी कार्य योजना अन्तर्गत प्रस्ताबित बिधान पुरानो भएकोले समय सापेक्ष संसोधन गर्नुपर्ने,संघीय सरकार पर्यटन मन्त्रालयबाट बिनियोजित रकम रु.नब्बे लाखबाट शौचालय सहितको कार्यलय भवन निर्माण,गार्ड रूम तथा टिकट काउण्टर भवन निर्माण,पोखरी भित्र बोट संचालन,बाल बालिकाकोलागि कृडा स्थल निर्माण,पोखरी भित्र बगैंचा निर्माण कार्य गरिने जानकारी गराए।
त्यस्तै आगामी दिनमा पोखरीको आय आर्जन बृद्धिको लागि पर्यटक प्रबेश शुल्क बिराटपोखरी भित्र प्रबेश गर्न रू.१५-५० कायम गरिने, बोटिङ्ग शुल्क रू.२५-१०० कायम गरिने,मर्निङ्गवाक गर्ने व्यक्तिबाट प्रतिदिन रु.दुई अथवा बार्षिक एकहजार लिने,स्थानिय बिराटपोखरको व्यक्तिबाट भने प्रवेश रु.पाँच लिेने योजना प्रश्तुत गरेका हुन्।
बिधान संसोधन बारेमा सदस्य केशव प्रसाईले उचित राय सल्लाह सुझाव प्रश्तुत गरे,सन्तोष उप्रेतीले बिधान संसोधन समिति पूर्ण रूपमा बनाउनु पर्ने, आगामी कार्यनिती हचुवाको भरमा बनाएको आरोप लगाए साथै तत्काल प्रबेश शुल्क लगाउन नहुने,क्याफे लगायतका भौतिक संरचना पोखरी भित्र निर्माण गरि आय आर्जन गर्न सकिने,पोखरीमा बिजुलीको राम्रो ब्यबस्था गरिनुपर्ने,स्थानियलाई प्रबेशमा पाँच रुपैया भन्ने वाक्य मान्य नहुने राय प्रश्तुत गरे भने त्यस्तै राय स्थानिय हरिप्रसाद मैनाली र गणेश प्रसाईले समेत व्यक्त गरे।
उठेको प्रश्नको उत्तर दिदै अध्यक्ष प्रसाई र सचिव जगनाथ भट्टराईले केही कमी कमजोरी भए सुधारेर लैजाने साथै हाललाई प्रस्ताबित प्रबेश शुल्क लागु नर्गने, क्याफे जस्ता भौतिक निर्माण वातावरण अनुकुल नहुने र बिधान संसोधन प्रकृयागत ढंगले नैअघि बढाइने धारणा प्रश्तुत गरे ।
प्रमुख अतिथि बुढाथोकीले बिराटपोखरीको बिकाशको लागि अहोरात्र खट्नुहुने अध्यक्ष प्रसाई लगायतको टिमको प्रंशसा गर्नुका साथै आफ्नो तर्फबाट पन्ध्र लाख बरावरको खुल्ला ब्यायमशाला बिराटपोखरी भित्र निर्माण गर्न आर्थिक सहयोगको अपिल आफूले गरिरहेको बताए ।
बिराटपोखर महिला समूह अध्यक्ष कृष्णा कुमारी प्रसाई,पूर्व पार्चाय देबेन्द्र गौतम,हिन्दु जागरणका धुर्व प्रसाद शिवाकोटी,बिराटपोखरी टोल बिकाश संस्थाका अध्यक्ष मोहन उप्रेती लगायतले साधारण सभा सफलताको शुभकामना राखेको कार्यक्रममा प्रमुख अतिथि बुढाथोकीले ब्यानर बाचन गरेर कार्यक्रमको उद्घाटन गरेका हुन भने स्वागत सहसचिव अर्जुन उप्रेती र संचालन सचिव जगनाथ भट्टराईले गरेका हुन् ।
Comments
Post a Comment