साईराम टोल बिर्तामोड-१० का भिष्म मृत फेला

 


११ चैत्र,झापा
 बिर्तामोड -१०साईराम टोल निबासी भिष्म पौडेल मृत फेला परेका छन् ।बिर्तामोडको पाथिभरा इन्जिनियरिङ कलेजको कम्पाउण्डभित्र उनी मृत् भेटिएका हुन्।

कम्पाउण्डभित्र क्यान्टिन संचालन गर्दै आएका साईराम टोल बिर्तामोड-१० घर भएका देबीप्रसाद पौडेलका छोरा ३८ वर्षीय भिष्म पौडेलले झुन्डिएर आत्महत्या गरेका हुन् ।

आज बिहान ६ बजे अर्जुनधारा–११ स्थित बसपार्कमा रहेको पाथिभरा इन्जिनियरिङ कलेजको कम्पाउण्डभित्र रहेको टिकको रुखमा पौडेलले नाइलनको डोरीले पासो लागेका थिए । शवलाई प्रादेशिक अस्पताल भद्रपुरमा पोष्टमार्टमको गरी मृतकका बुवाले सदगदको लागि बुझिलगेको प्रहरीले जनाएको छ

Comments

Popular posts from this blog

बिर्तामोड-१० बिराटपोखरमा अठार तोला सुन र तीन लाख नगद चोरी

समाजसेवी धुर्ब प्रसाद शिवाकोटीको हृदयघातबाट निधन

कोलाटोली खानेपानीमा विवाद:समिति पुर्नगठनमा असहमति