यूवा व्यवसायीद्वारा ज्येष्ठ नागरिकलाइ छाता र लौरो बितरण



१७ चैत्र,झापा

बिर्तामोडका युवा व्यवसायी बिनोद दाहाल र दिनेश दाहालले बुद्धशान्ति गा.पा.–६,  स्थित आदर्श ज्येष्ठ नागरिक चौतारीमालाई एक कार्यक्रमका वीच लौरो र छाता हस्तान्तरण गर्नु भएको छ ।

        चौतारीद्वारा पाक्षिक रुपमा आयोजना गरिने भेटघाट एवं भजन कीर्तन कार्यक्रमका वीच चैत्र १६ गते चौतारीलाई ५५ थान लौरो र छाता प्रदान गर्नु भएको हो । चौतारीका तर्फबाट अध्यक्ष केशव भट्टराई र सचिव कृष्ण आचार्यले धन्यवाद मन्तव्य राख्नु भएको उक्त कार्यक्रममा समिति पदाधिकारी लगायत तीन दर्जन बढी ज्येष्ठ नागरिकको उपस्थिति रहेको हो । 

          मन्तव्यको क्रममा व्यवसासी बिनोद दाहालले वर्तमान समयमा यूवा अत्यन्त व्यस्त रहने र इच्छा हुँदा हुँदै पनि अभिभावकहरुलाई सोचे अनुसारको समय दिन नसक्ने भएकोले ज्येष्ठ नागरिकहरु भेला भई एक आपसमा दूःख सुख बाँड्ने बैकल्पिक स्थानको रुपमा ज्येष्ठ चौतारी स्थापित भएको बताउनु भयो । लौरो भनेको प्रत्यक्ष व्यक्तिको अनुपस्थितिमा ज्येष्ठ नागरिकलाई ठूलो सहारा प्रदान गर्ने र छाताले घामपानीमा सुरक्षा प्रदान गर्ने भएकोले वितरण कार्यमा लौरौ र छाता रोजिएको बताए । हस्तान्तरण कार्यक्रमको संचालन भानुभक्त खनालले गरेका हुन् ।

Comments

Popular posts from this blog

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते