राप्रपा उर्लाबारीको नगर अध्यक्षमा प्रतीक आर्चायको उम्मेद्वारी घोषणा
१८ बैशाख,मोरङ्ग
उर्लाबारी नगरको बैशाख २०, २०८२ मा हुने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उर्लाबारी नगरको अधिवेशन नजिकिँदै गर्दा, संगठनको भविष्य निर्माण गर्ने ऐतिहासिक घडी आइसकेको छ। यही अवसरमा, युवाशक्ति र संगठनप्रतिको समर्पणको प्रतिक रूपमा, प्रतीक आचार्यले नगर अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ।
पूर्व मोरङ्ग जिल्ला युवक संगठनका उपाध्यक्षसमेत रहनुभएका आचार्य सामाजिक सेवामा सक्रिय, संगठनप्रति निष्ठावान् र स्पष्ट विचारधारा बोकेका जोशिला युवा हुनुहुन्छ। उहाँको नेतृत्वले राप्रपाको नगर संरचनामा नयाँ ऊर्जा भर्न सक्ने विश्वास कार्यकर्ताहरूले व्यक्त गरेका छन्।
अब संगठनलाई नयाँ युगमा लैजाने बेला आएको छ। सोच, शक्ति र सक्षम नेतृत्वको समायोजनको प्रतीक बनेका प्रतीक आचार्यले आफूलाई नगर अध्यक्षमा विजयी गराउन र संगठन सुदृढ बनाउन सम्पूर्ण मतदातालाई अपिल गरेका छन्।
Comments
Post a Comment