विदेश जाने सपना अधुरै स्कुटर दुर्घटनामा अनिल लिम्बुको मृत्यु



२२ बैशाख,झापा
बैदेशिक रोजगारीको सपना बोकेर फर्कदै गरेका अनिल लिम्बुको स्कुटर दुर्घटनामा परी ज्यान गएको छ। भद्रपुर नगरपालिका–२, गौरीशंकरका ३५ वर्षीय लिम्बु आइतबार राति स्कुटर दुर्घटनामा गम्भीर घाइते भएका थिए। उपचारको क्रममा प्रादेशिक अस्पताल, भद्रपुरमा उनको निधन भएको हो।

दुर्घटना राति करिब पौने ९ बजे मेची राजमार्गअन्तर्गत भद्रपुर–४ को बाहुन गाउँ नजिकै स्कुटर अनियन्त्रित भई नालामा खस्दा भएको हो। प्र १–०१–०१२ प ९९३७ नम्बरको स्कुटर दमक–२ का २९ वर्षीय रबिन फुयलले चलाइरहेका थिए। फुयल सकुशल रहेका छन् भने सोही स्कुटरको पछाडी सवार लिम्बूलाई टाउकोमा गम्भिर चोट लागेकोले उपचारको लागि प्रादेशिक अञ्चलअस्पताल भद्रपुर लगिएकोमा उपचारको क्रममा उनको मृत्यू भएको जनाईएको हो।

लिम्बु विदेश जान बिर्तामोडको म्यानपावर कम्पनी पुगेपछि फर्कंदै थिए। स्कुटर चालक फुयल उनलाई घर छोड्न आएका थिए। भीषण वर्षा र बिजुली नहुँदा देखिन कठिन भएको बेला स्कुटर अनियन्त्रित भएर दुर्घटना भएको बताइएको छ। स्कुटर र चालक प्रहरीको नियन्त्रणमा छन्।

Comments

Popular posts from this blog

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते