सबुको जन्मदिनमा राहत कोषमा सहयोग
झापा,बैशाख २३
टिकटक कलेक्सन,चाइना मार्केट र बिरयानी हाउसकी सञ्चालक बिर्तामोडकी ब्यबसायी सबु चुडालले आफ्नो जन्मदिन विशेष तरिकाले मनाएकी छन्। समाजप्रतिको जिम्मेवारी महसुस गर्दै उनले श्रीमान् शिव चुडालसँगै बिर्तामोड उद्योग वाणिज्य संघमा पुगेर संघद्वारा स्थापना गरिएको व्यवसायी सदस्य राहत कोषमा सहयोग प्रदान गरिन्।
जन्मदिनको अवसर पारेर उनले संघका अध्यक्ष राजु न्यौपानेलाई २१ हजार १ सय ११ रुपैयाँको चेक हस्तान्तरण गरिन्। उक्त अवसरमा सबुले हरेक वर्ष जन्मदिनको दिन कोषलाई सहयोग गर्ने प्रतिबद्धता जनाइन्, जबसम्म कोषमा एक करोड रुपैयाँ पुग्दैन।
श्रीमान् शिव चुडालले पनि यस्तो सामाजिक पहलमा सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा आफू र परिवारका सदस्यहरूको जन्मदिन पनि यस्तै गरी मनाउने वाचा गरे।
“कमाएको आम्दानीको केही अंश समाजका लागि खर्च गर्नुपर्छ,” सबुले भनिन्, “यो कोष हामी सबैका लागि हो यसमा योगदान गर्न हामी सबै मिलेर अघि सर्नुपर्छ।” उनले भनिन् ।
कार्यक्रमका सञ्चालक तथा संघका सचिव राजकुमार शाहले सबु र शिवलाई कदरपत्र प्रदान गर्दै सम्मान गरेका थिए। कदरपत्र संघका अध्यक्ष न्यौपाने र कोष संयोजक राजकुमार घिमिरे ‘राजु’ले संयुक्त रूपमा हस्तान्तरण गरेका हुन्।
Comments
Post a Comment