नकलबन्दा स्पोर्टिङ्ग क्लबले पायो नयाँ नेतृत्व,अध्यक्षमा भक्त गुरुङ चयन
२० बैशाख,मेचीनगर
नयाँ कार्यसमितिमा उपाध्यक्षमा हिरा सुर्खेती, सचिवमा सुरज तामाङ, कोषाध्यक्षमा निखिल खड्का रहेका छन्। त्यस्तै, सदस्यहरूमा सञ्जु कार्की, प्रज्वल बस्नेत, रामबहादुर गुरुङ्ग, किशोर उपरकोटी र विकुल खडिया चयन भएका छ ।
नवगठित कार्यसमितिको शपथ तथा उद्घाटन समारोह संस्थाका अध्यक्ष भक्त गुरुङ्गको सभापतित्वमा सम्पन्न भयो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा मेचीनगर–५ का वडा अध्यक्ष कनकबहादुर कार्की उपस्थित थिए।
सो अवसरमा वडा सदस्य पुष्पकुमार गेलाल, माया प्याकुरेल, निवर्तमान सदस्य मेघराज गेलाल, नारायण खड्का, नकलबन्दा बचत तथा ऋण सहकारीका अध्यक्ष केशरप्रसाद तिम्सिना, पूर्व अध्यक्ष होमराज गुरुङ्ग, संस्थाका सल्लाहकार संयोजक पर्शुराम पराजुली, समाज विकास समितिका अध्यक्ष इन्द्र तामाङ, समाजसेवी रामबहादुर गुरुङ्ग लगायतको उपस्थिति रहेको थियो।
मिति २०८१ माघ ७ गते संस्था दर्ता भएकोले संस्थाले २०८१ फागुन ७ देखि १७ गतेसम्म दोश्रो नगरस्तरीय नकलबन्दा फुटबल प्रतियोगिता सम्पन्न गरेको थियो । प्रतियोगितामा कुल १२ टिम सहभागी थिए ।समाजमा रहेका युवा वर्गहरुलाई समेटेर उनीहरुको खेलकुद क्षेत्रमा क्षमता विकास गर्ने उद्देश्य लिएर स्थापना गरिएको नकलबन्दा स्पोर्टिङ क्लबले खेलकुदसँगै स्वास्थ्य, शिक्षा, स्वास्थ्य, सरसफाईको क्षेत्रमा गतिविधि सञ्चालन गर्दै आइरहको छ । युवाहरुलाई कुलतबाट जोगाउन, सामाजिक विकासमा सरिक गराउन, सहयोगको भावना जागृत गराउन र स्वरोजगार सृजना गराउन क्लबले कार्ययोजना बनाएरै थप कार्यक्रम सञ्चालन गर्ने सचिव सुरज तामाङले बताए । संस्थाले ५ लाखको अक्षयकोष निर्माण गर्ने घोषणा गरिएको जनाएको छ । अक्षकोषको व्याजबाट नकलबन्दा स्पोर्टिङ क्लबको दीर्घकालीन आर्थिक स्थायित्व कायम राख्ने, युवा विकास, प्रशिक्षण, प्रतियोगिता सम्पन्न गर्न, पूर्वाधार तथा सामाजिक उत्तरदायित्वमा खर्च गर्ने जनाइएको छ ।संस्थाका सदस्य किशोर उपरकोटीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव सुरज तामाङले गरेका थिए ।
Comments
Post a Comment