झापा गोल्डकपका पूर्व अध्यक्ष विनोद बस्नेत मृत अवस्थामा फेला
बिर्तामोड, बैशाख २६ — झापा गोल्डकप फुटबल प्रतियोगिताका निवर्तमान अध्यक्ष तथा बिर्तामोडका युवा समाजसेवी विनोद बस्नेत मृत अवस्थामा फेला परेका छन्।
बिर्तामोड–१ स्थित आफ्नै निवासमा झुन्डिएको अवस्थामा बस्नेतको शव फेला परेको जनाईएको हो ।
घटनाको सूचना पाएपछि प्रहरी टोली घटनास्थलतर्फ जाँदै गरेको इप्रका अनारमनीका डिएसपी विजय श्रेष्ठले जानकारी दिए तत्पश्चात शवलाई पोस्टमार्टमको लागि लगिने तयारी भैरहेको जनाईएको हो । मृतक बस्नेतका एक छोरी र श्रीमति रहेका छन् ।
Comments
Post a Comment