झापामा संयुक्त पहिचानवादी मोर्चा गठन,७९ सदस्यीय समिति चयन



१८ बैशाख,झापा
झापा जिल्लाको बिर्तामोडमा संयुक्त पहिचानवादी मोर्चा गठन गरिएको छ। डकेंद्रसिंह थेगिमको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा झापा जिल्ला समन्वय समिति गठन गरिएको हो। बिर्तामोडको चुम्लुङ हिम भवनमा आयोजित उक्त कार्यक्रममार्फत एल.बी. पालुङ्वाको संयोजकत्वमा ७९ सदस्यीय समिति र १३ सदस्यीय सल्लाहकार समिति गठन गरिएको घोषणा गरिएको हो।

कार्यक्रममा खगेन्द्र माखिम ,ज्ञान बा गुरुङ लगायतका नेताहरूले पहिचान प्राप्ति र अस्तित्वको संरक्षणकालागि देशमा जनक्रान्ति आवश्यक रहेको धारणा व्यक्त गरे। साथै, पालुङ्वा लगायतका नेताहरूले पहिचान र अधिकारका सवालमा अब अझ सशक्त र संगठित ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

पहिचानवादी मोर्चाका जिल्ला संयोजक अग्निमाया मेचेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

Comments

Popular posts from this blog

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते

साईराम टोल बिर्तामोड-१० का भिष्म मृत फेला