प्रसाई मार्केटमा व्यवसायी उपसमिति गठन,संयोजकमा चन्द्रप्रसाद प्रसाई



झापा, वैशाख २०  
बिर्तामोड उद्योग वाणिज्य संघको अगुवाइमा चन्द्रप्रसाद प्रसाईको संयोजकत्वमा प्रसाई मार्केट व्यवसायी उपसमिति गठन गरिएको छ। व्यवसायी एकता र सहकार्यको उद्देश्यले गठित यस २७ सदस्यीय उपसमितिमा सल्लाहकार समेत समावेश छन्।


संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा सम्पन्न भेलाले उपसमिति गठन गरेको हो। उपसमितिको कार्यकाल बिर्तामोड उद्योग वाणिज्य संघ सरह नै रहने बताइएको छ।

पदाधिकारीहरू यस प्रकार छन्:

संयोजक: चन्द्रप्रसाद प्रसाई सह–संयोजक: शत्रुधनप्रसाद गुप्ता सचिव: पंकज कुमार मित्तल सह–सचिव: निकेश कुमार विहानी कोषाध्यक्ष: राजीव जैन सदस्यहरूमा श्यामसुन्दर वंशल, निरज वंशल, टीका गौतम, घनश्याम ढुङ्गाना, महादेव चौधरी, रवि वंशल, राकेश विन्दल, मो. एकताज, मोहन वंशल, हेमन्त अग्रवाल, विजयकुमार अग्रवाल, रोहित वंशल लगायत रहेका छन्।

सल्लाहकार समितिमा हनुमान प्रसाद मित्तल, गीताराम ढुङ्गाना, जगदीश प्रसाद मित्तल, मन्जर अली, बाबुलाल अग्रवाल, घनश्याम चौधरी, प्रेम प्रसाद अग्रवाल, विष्णु अग्रवाल, बेदप्रसाद अग्रवाल र राजु वंशल रहेका छन्।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष राजकुमार घिमिरेले स्वागत मन्तव्य राखेका थिए भने संचालन महासचिव कुशल खतिवडाले गरेका थिए।

उपसमितिलाई डस्टबिन समेत हस्तान्तरण गरिएको थियो। संघका अध्यक्ष न्यौपानेले फोहोर व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले संयोजक प्रसाईलाई आठ थान डस्टबिन प्रदान गरेका हुन्।


यसअघि हिकोला रोड क्षेत्रमा समेत व्यवसायी उपसमिति गठन गरिएको संघले जानकारी दिएको छ।


Comments

Popular posts from this blog

बिर्तामोड-१० बिराटपोखरमा अठार तोला सुन र तीन लाख नगद चोरी

समाजसेवी धुर्ब प्रसाद शिवाकोटीको हृदयघातबाट निधन

कोलाटोली खानेपानीमा विवाद:समिति पुर्नगठनमा असहमति