नेपालआदिबासी जनजाति नेत्रहिन संघ झापाको १५औं स्थापना दिवस सम्पन्न




झापा,असोज-३

 तत्कालिन नेपाल आदिबासी जनजाति नेत्रहिन संघ जिल्ला कार्य समिति झापाको १५औं स्थापना दिवस शिवसताक्षी–१० माईधारस्थित किरात खिजोलुङ्ग माङ्गहिम परिसरमा भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा संघका अध्यक्ष भोज कुमार तामाङ्गको अध्यक्षता तथा प्राज्ञ सुमित्रा वाङ्गदेल चेलीको प्रमुख आतिथ्य रहेको थियो। त्यस्तै कन्काई कोटी होमका अध्यक्ष शेर बहादुर थापा, गैडे सामुदायिक बन शिवसताक्षी–१० का अध्यक्ष राम लावती,किरात खिजोलुङ्ग माङ्गहिमका अध्यक्ष भवानी बिक्रम सेलिङ्ग,शिव सताक्षी नगरपालिका न्याय समिति सदस्य दिपक कुमार पोखरेल,संघका सल्लाहकार कृष्ण थेवे र शिवकुमार राजभण्डारी,नेपाल आदिबासी जनजाति महासंघ झापा सचिव लक्ष्मण श्रेष्ठ,दोमुखा पर्यटन बोर्ड उपाध्यक्ष इन्द्र प्रसाद न्यौपाने लगायतको उपस्थिति रहेको थियो।

उद्घाटन सत्रमा प्रमुख अतिथि चेलीले दिप प्रज्वलन गर्नुभएको थियो भने बिशेष अतिथि कृष्ण कुमार थेबेले  ब्यानर वाचन गर्नुभएको थियो। कार्यक्रममा संघले स्थापना गरेको झापाली आदिबासी जनजाति नेत्रहिन सहारा छात्रबृत्ति अक्षयकोषको ब्याजबाट यस वर्ष दमकस्थित सरस्वती मावि कक्षा–११ मा अध्ययनरत दृष्टिबिहिन विद्यार्थी हिमाल राईलाई रु. तीनहजार छात्रवृत्ति हस्तान्तरण गरिएको थियो। साथै संघका सदस्यका छोराछोरीहरु शिशिर लिम्बु,आयूष मुखिया, बुद्ध राजबंशी साथै गैर आदिबासी दृष्टि सम्बन्धि अपांगता बिनोद कुमार महराका छोरा गोपाल महरालाई शैक्षिक सामग्री वितरण गरिएको थियो।

त्यस्तै शरण लिम्बुलाई सेतो छडी प्रदान गरिएको थियो भने कन्काई कोटी होमका अध्यक्ष शेरबहादुर थापाले आफ्ना पिता दलबहादुर थापा र माता तिलरुपा थापाको स्मृतिमा दलबहादुर तिलरूपा थापा स्मृति अक्षयकोष रु.पचास हजार एकसय एकाउन्न अक्षयकोषमा सहयोग गर्नुभएको थियो।

संघका अध्यक्ष भोज कुमार तामाङ्गले हालसम्म अक्षयकोषमा रु. २ लाख २८ हजार जम्मा भएको जानकारी दिंदै सहयोगी सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले अझै सहयोगको खाँचो रहेको बताउँदै संघ अब विशेष अधिकार प्राप्तिको लागि संघर्ष गर्ने र सदस्यलाई उद्यमशीलतामा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रमुख अतिथि चेलीले संघलाई आफ्नै भवनको आवश्यकता रहेकोमा जोड दिँदै भविष्यमा आफ्नै भवनबाट कार्यक्रम सञ्चालन गर्न सक्ने वातावरण बनाउन सुझाव दिनुभयो।

अन्य वक्ताहरु कन्काई कोटी होम अध्यक्ष शेरबहादुर थापा, सल्लाहकार कृष्ण थेवे, भवानी बिक्रम सेलिङ्ग, शिवकुमार राजभण्डारी, वडा सदस्य दिपक पोखरेल, महासंघका झापा सचिव लक्ष्मण श्रेष्ठ र गैडे सामुदायिक बन अध्यक्ष राम लावतीले संघलाई १५औं स्थापना दिवशको शुभकामना दिनुभएको थियो।

उक्त कार्यक्रमको अतिथि राम लावतीले संघद्वारा स्थापित छात्रबृत्ति अक्षय कोषमा बार्षिक रूपमा आजीवन रु. एकहजार जम्मा गर्ने प्रतिबद्धता व्यक्त गर्दै पहिलो रकम रु. एकहजार संघको अध्यक्ष तामाङ्गलाई हस्तान्तरण गरेकाथिए । माईधार शिवालय मन्दिरले कार्यक्रममा पाँच कार्टुन पिउने पानी साथै किरात खिजोलुङ माईधारले सभाहल निःशुल्क उपलब्ध गराएको थियो।

संघका कोषाध्यक्ष प्रदीप राजबंशीले कार्यक्रमको औचित्य माथि प्रकाश पार्नुभएको थियो भने,यस वर्षका सहयोगी अक्षयकोष दाता शिक्षासेवी गुरुभक्त न्यौपाने र संस्थापक सदस्य मिरा लिम्बुको निधनलाई संघले विशेष स्मरण गरेको थियो। आदिबासी जनजाति नेत्रहिन संघ झापाद्वारा आयोजित कार्यक्रममा उपाध्यक्ष युवराज शेर्माले स्वागत गर्नुभएको थियो भने सचिव अनिल मुखियाले सञ्चालन गर्नुभएको थियो।


Comments

Popular posts from this blog

बिर्तामोड-१० बिराटपोखरमा अठार तोला सुन र तीन लाख नगद चोरी

समाजसेवी धुर्ब प्रसाद शिवाकोटीको हृदयघातबाट निधन

कोलाटोली खानेपानीमा विवाद:समिति पुर्नगठनमा असहमति