बिर्तासिटी अस्पतालमा सात जना घाइतेको निःशुल्क उपचार,एकको मृत्यु
झापा, असोज ६
जेन-जी आन्दोलनका क्रममा घाइते भएका सात जनाले बिर्तामोडस्थित पूर्ण टुङ्ग बिर्तासिटी अस्पतालमा निःशुल्क उपचार प्राप्त गरी घर फर्किएका छन्।
गत भदौ २३ र २४ गतेको प्रदर्शनमा घाइते भएका मध्ये अर्जुनधारा–११ का ३० वर्षीय गोपाल सेढाईको भने उपचारकै क्रममा मृत्यु भएको थियो। उनको छातीमा गोली लागेर २४ गते अस्पताल भर्ना गरिएको थियो।
निःशुल्क उपचार पाएर घर फर्किनेमा बिर्तामोड–४ का १५ वर्षीय सुमित साह,कनकाई–३ का ३२ वर्षीय चिरञ्जीवी खनाल,बिर्तामोड–९ का १६ वर्षीय सन्देश गिरी,बिर्तामोड–४ का ५० वर्षीय राम भजन साह, हल्दिवारी–२ का २३ वर्षीय अनिष श्रेष्ठ र माई नगरपालिका–२ का २८ वर्षीय रुपेश ढुङ्गाना रहेका छन्।
अस्पतालका प्रशासक विनोदकुमार बस्नेतका अनुसार आन्दोलनका घाइतेहरू एकपछि अर्को गरी आइपरेपछि अस्पतालले आकस्मिक तयारी स्वरूप १५ शैया छुट्याएको थियो। त्यस्तै,डाक्टर तथा स्वास्थ्यकर्मीलाई समेत विदामा नपठाई सतर्क अवस्थामा राखिएको थियो।
उनले भने, “सवै घाइतेलाई उच्च प्राथमिकताका साथ उपचार गरिएको हो। अस्पतालले मानवीय संवेदना दृष्टिले सम्पूर्ण उपचार निःशुल्क उपलब्ध गराएको हो।”
Comments
Post a Comment